आयूर्वेद स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन

डिल्लीप्रसाद चौलागाईं   ।   २०७७ फाल्गुन १७, सोमबार १३:३५

डिल्लीप्रसाद चौलागाईं
कालिकोट फागुन १७ । कर्णाली प्रदेशमा आयूर्वेद स्वास्थ्य सेवाको अवस्था र आयूर्वेद स्वास्थ्यकर्मीको भूमिका विषयक पत्रकार सम्ममेलन सोमवार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।
जिल्लाको आयुर्वेद स्वास्थ्यको अवस्था, समस्याका बारेमा जानकारी गराउने उद्देश्यकासाथ पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाहरु स्वास्थ्य सेवा कार्यालय अन्तरगत रहेका आयुर्वेद शाखालाई स्वातन्त्र वनाउन मागसहित बुभाइएको ज्ञापन पत्रको बारेमा जानकारी गराइएको थियो ।

कर्णालीका १० जिल्लाका २९ वटा दरबन्दी कटौती र कालिकोट जिल्लाका ७ वटा दरवन्दी हुनु पर्नेमा ३ वटा मात्र दरबन्दी दिएको र कस्ले कार्यालय सहयोगि कस्ले हाकिम र कस्ले कर्मचारीको भुमिका निर्वाहा गर्ने विषयमा जिल्ला आयूर्वेद स्वास्थ्य शाखाका बरिष्ठ बैद्य लक्ष्मी प्रसाद पाण्डेले बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कटक बहादुर महतले आयूर्वेद शाखा छुट्टै र तोकिए बमोजिमको दरबन्दीको व्यवस्था गरी आयूर्वेद शाखालाई आफ्नो स्तन्त्रता दिन र आवस्यक दरबन्दीको व्यवस्था गर्न प्रदेश सरकारका उच्च ओहोदाका प्रमुख संग फोन वार्ता समेत गरेको जानकारी गराउनु भयो ।

कार्यक्रमका अध्यक्ष विरेन्द्र कुमार केसीले आयूर्वेद शाखामा जनशक्ती र आर्थिक व्यवस्था नहुनु र भएका दरबन्दीको कटौती गरिनु निन्दनिय भएको र यसका वारेमा छिटो भन्दा छिटो सरकारले आवस्यक दरबन्दी र उचित बजेटको व्यवस्था गरिनु पर्ने र आयूर्वेद शाखा लाई जिल्ला अस्पताल संग मर्ज नगरी छुट्टै हुनुपर्ने बताउदै पत्रकार सम्मेलनको समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालुवाटारमै सरकार र विप्लव समूहबीच औपचारिक वार्ता शुरु (एजेण्डासहित)

२०७७ फाल्गुन १७, सोमबार १३:३५
डिल्लीप्रसाद चौलागाईं फागुन १९  सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल शुरु भएको स्रोतले जनाएको छ । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.