नेकपा एमालेको उपाध्यक्षमा गृहमन्त्री थापा

डिल्लीप्रसाद चौलागाईं   ।   २०७७ फाल्गुन २६, बुधबार १६:२४

२६ फागुन   । गृहमन्त्री राम बहादुर थापा नेपाल कम्युनिष्ट पार्टी एमालेको उपाध्यक्षमा मनोनित हुने भएका छन् ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता पश्चात अध्यक्ष केपी शर्मा ओली निकट रहँदै आएका पूर्व माओवादीका नेता थापा एमाले पार्टीको उपाध्यक्षमा मनोनित हुने भएका हुन् ।

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी अलग अलग रहने फैसला सुनाएपछि पूर्व माओवादी नेता गृहमन्त्री थापा लगायतका थुप्रै नेता कार्यकर्ता पूर्व एमालेमै रहने घोषणा गरेका थिए ।

अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले आफूबीच मोर्चाबन्दी गर्दा समेत थापाले साथ दिइरहेको भन्दै उपाध्यक्षको बम्फर उपहार दिइएको जनाएको छ ।

शीर्ष नेताहरूको छलफलबाट बादललाई पार्टी उपाध्यक्ष बनाउने निर्णय भएको हो तर यो निर्णय पार्टीको केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेख रामागाडमा हाइस दुर्घटना हुदा २ जनाकाे मृत्य १० घाईते

२०७७ फाल्गुन २६, बुधबार १६:२४
कालिकाेट । कालिकोटबाट सुर्खेत जादै गरेको जीप दुर्घटना भएको छ । कर्णाली राजमार्गको रामाघाट नजिकै जीप दुर्घटना भएको पुष्टि ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिम खड्काले गरेका छन् । कर्णाली प्रदेश ०२ ००१ ख ०२४७ नम्बरको जीप आठविस नगरपालिका–१ रामाघाटमा दुर्घटना भएको हो । दुर्घटनामा कालिकाेट शुभाकालिका गाउँपालिका-२ भर्ता  […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.