‘संकेत समयको, क्षयरोग अन्त्य’भन्ने मुल नाराका साथ कालिकोटमा क्षयरोग दिवस मनाइएको छ

डिल्लीप्रसाद चौलागाईं   ।   २०७७ चैत्र ११, बुधबार १४:५७

डिल्लीप्रसाद चौलागाईं

चैत्र ११ कालिकोट ।  कालिकोटमा क्षयरोग दिवस मनाइएको छ ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने मुलनाराका साथ। जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा भएको पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुलाई क्षयरोगको हालको अवस्था बारे जानकारी गराइएको छ । आर्थिक वर्ष २०७५।७६ मा १३५ जना क्षयरोगका विरामीहरु थिए, भने आर्थिक वर्ष २०७६।७७ मा १३५ जनाबाट घटेर ७३ जनामा पुगेको छ । यस्तै आर्थिक वर्ष २०७७।७८ को हाल सम्मका विरामीको संख्या ४३ जना रहेका छन् । पहिलेको तुलानामा क्षयरोगका विरामीहरुको संख्यामा कमि आएको निमित्त स्वास्थ्य व्यवस्थापक कटकबहादुर महतले बताए ।

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७६।७७ भित्र ५२ जना क्षयरोगीहरुको मृत्यु भएको तथ्यांकमा छ । यस्तै कालिकोटमा आर्थिक वर्ष २०७६।७७ मा क्षयरोगका कारण २ जनाको मुत्यु भएको हो । जर्मनका बैज्ञानिक डा. रबर्ट कक्ले सन १८८२ मा क्षयरोग किटाणुबाट हुन्छ भन्ने तथ्य पत्ता लगाए सँगै नेपालमा सन् १९९५ देखि विश्व क्षयरोग दिवस मनाउन शुरु गरियो । क्षयरोग दिवस मनाए पनि क्षयरोगीहरुको संख्यामा भने अनुसार नजिता आउन सकेको छैन । बर्षेनी क्षयरोगका कारण मुत्यु हुनाले यो दिवस मनाए पनि मृत्यु स्वीकार गरिरहेका छन् । धेरै रकम क्षयरोग न्युनिकरणमा खर्च भए पनि नेपालमा मुत्युदर कमी हुन सकेको छैन ।

क्षयरोगका बिरामीहरुको दुःख पीडालाई सहानुभुति दिन, कम गर्न र समुदायमा रोगबारे जनचेतना जगाउन तथा क्षयरोगका बिरामीहरुको संख्यामा कमि ल्याउन बर्षेनी क्षयरोग दिवस मनाइन्छ । कर्णाली प्रदेशमा क्षयरोगको अवस्था र कालिकोट जिल्लाको अवस्थाबारे पत्रकारहरुलाई प्रस्ट पार्दै जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक कटकबहादुर महतले जिल्लाका ९ वटा स्थानीय तहको क्षयरोगको अवस्था बारे प्रष्ट पादै क्षयरोगीको संख्यामा कमि ल्याउनका लागि र मृत्युदर कम गर्नका लागि पहल र काम भइरहेको बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले क्षयरोगमुक्त विश्व बनाउने परिकल्पना अनुसार सन् २०१६ देखि २०५० का लागि ‘The END TB Strategy’ सार्वजनिक गरेको छ । क्षयरोगबाट हुने बिरामी र मृत्युदर घटाई रोग सर्ने प्रक्रियालाई रोक्न यसलाई जन स्वास्थ्यको समस्याको रूपमा रहन नदिने पनी विश्व स्वास्थ्य संगठनको निति छ । सन् २०५० सम्म नयाँ क्षयरोगका बिरामी दर १० जना प्रति १ लाखमा झार्ने , क्षयरोगका कारणबाट हुने बिरामी दर कम गर्ने र मृत्यु हुने दर शून्य गर्ने जस्ता विषयमा निमिक्त स्वास्थ्य व्यवस्थापक कटकबहादुर महतले जानकारी गराए ।

क्षयरोग प्रसार सर्वेक्षण, अनुगमन र मूल्याङ्कन प्रणालीको विकास गर्ने, कुनै विपत्ती (प्राकृतिक ) वा जनस्वास्थ्यका आपतकालिन अवस्थामा पनि राष्ट्रिय क्षयरोग कार्यक्रमको सेवालाई निरन्तरता दिन योजना विकास गर्ने जस्ता विषयमा छलफल भएको थियो । क्षयरोगका बिरामीहरुको चेकजाँचका लागि अवको ३ महिना भित्र भरपर्दो मेसिन ल्याएर क्षयरोगीहरुको चेकजाँच गर्ने डक्टर विज्ञान प्रजापतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोट जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जाल गठन

२०७७ चैत्र ११, बुधबार १४:५७
खवरखोज सम्वाददाता कालिकोट जिल्ला मानवअधिकार रक्षक सञ्जाल शुक्रवार मान्ममा गठन भएको छ । “इन्सेक कर्णाली प्रदेश कार्यालय द्धारा संचालित मानवअधिकार रक्षकहरुको सबलीकरण कार्यक्रम अन्तरगत जिल्ला मानव अधिकार रक्षक संजाल १३ सदस्यीय समिति गठन गरिएको छ । उक्त कार्यक्रमले सर्बसहमत डिल्लीप्रसाद चौलागाईंलाई संयोजक तथा सह–संयोजक दक्षिणा शाही चयन भएकाछन । सयसै […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.