पढ्ने उमेरमा पार्टीको झण्डा

डिल्लीप्रसाद चौलागाईं   ।   २०७८ बैशाख ७, मंगलवार २०:१२

शान्ती क्षेत्रमा राजनिती गतिविधी बढ्दै ।
जिवन र जगत पढ्ने उमेरमै लाल सलाम र अभिवादन ।
क,ख सिकाउने सेतो वोर्डमै पाटिको झण्डा

कालिकोट — यो दृष्य बनीबनावट नाटकिय अभ्यास होइन । स्कुलको कक्षा कोठामा शैक्षिक सन्देश मुलक वा कुनै सिपमुलक खेल पनी होइन । यो दृश्य नेकपा माओवादी निटक अनेरास्ववियु  (क्रान्तिकारी) ले विद्यालयमा इकाई कमिटी गठन गरेको कालिकोट जिल्लाको महावै गाउँपालिका स्थित देव माध्यामिक विद्यालयमा अध्यायनरत विद्यार्थिहरुको फोटो र एमाले निकट विद्यार्थी संगठनले गरेको वडिमालिका मावि रास्कोट विद्यालयको हो
विद्यार्थिहरु स्कुल पोषाकमै छन । जहाँ विद्यालय कोठामै राजनिती पार्टीको हँसिया होतौडा रहेको रातो झण्डा टाँडेर कलम समाउने कलिला बालवालिकाले हातले लाल सलाम गरेका छन ।
फोटोमा कलिला बालवालिकाले हातको पुस्तक डेस्कमा राखेर लाल सलाम गरेका छन । यो चित्र हेर्दा रमाइलो जस्तो लाग्न सक्छ तर, यो दृश्यको वारेमा गहिरो रुपमा वुझ्ने हो भने, दुःखत र विडम्वना मात्र छ ।
यस्ता दृश्य अहिले मात्र होइन विगतदेखीनै देखिदै आइरहेका छन । जव नेकपा माओवादी र राज्य पक्षविचको दश वर्षे सशक्त दन्द्धको वेला देखीनै यहाँका नागरिकहरुले पढ्न पाएनन्। खान पाएनन्, शान्ती मनले बस्न पाएनन् अध्यायन र सिपको त कुरा परै हो । नागरिकले आफ्नो अधिकार प्रयोग गर्न पाएनन् ।

शिक्षा प्रप्त गर्ने थलोमा कु– राजनितिक थलो बन्दै गए । अहिले पनी यो अवस्थाको अझै अन्त्य हुन सकिरहेको छैन ।
विद्यालय पढ्ने कलिलो उमेरमै राजनितिक गतिविधीमा संगलग्न गराउनुले यहाँको शैक्षिक गुणस्थर अगाढी बढ्ने नसकेको निश्कर्ष छ ।
सरकारी तथा गैर सरकारी संघ सस्थाहरुले विद्यालय शान्ति क्षेत्र नारामा र कागजमा घोषणमै सिमित छन । विद्यालयमा विभिन्न पाटिका संगठनका कार्यक्रम संचालन हुनुले शिक्षामा पछी परेको एक शैक्षिक अभियान्ता मणिराम चौलगाईले बताए ।
विद्यार्थिले कुनै न कुनै संगठनमा वस्न पाउनु उनिहरुको अधिकार हुन्छ । तर, कलिलो पठ्ने उमेरमै विद्यालयको पठन पाठन प्रभावित पारेर पाटिका संगठनका कार्यक्रम गर्न विद्यालय प्रशासनले नदिनु पर्ने हो ,। विडम्वना यही अवस्था छ ।
यही माटोमा जन्मेका राष्ट्रगुरु योगी नरहरीनाथ को बिचार लाई सिकाउ,गौतम बुद्ध,भानुभक्त,महाकवि लक्ष्मी प्रसाद देवकोटा, पृथ्विनारायण शाह जस्ता नेपाली माटोको बिचारलाई यहीँ देशका महापुरुसको बिचारलाई घोकाउने बेला अपरिपक्क बालबालिकलाई जिन्दावाद र मुर्दावाद्द गर्न लगाउनु दुखको कुरा भएको बताए ।
विद्यालय कक्षा कोठामै पार्टीको झण्डा टाँगेर पाटिका संगठनका कार्यक्रम गर्नु गलत रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।विद्यालय जस्तो क्षेत्रमा राजनितिक गतिविधी बढिरहेको प्रति आफ्नो चासो र चिन्ता रहेको उनले बताए । उनले भने, यस विषयमा विद्यालय प्रशासनलाई वुझ्ने बताए ।
सम्बन्धित फोटोः
१ कक्षा कोठाको भित्तामा टाँसेको सेतो वोर्डमै पाटिको झण्डा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न खाँडाचक्र प्रथम

२०७८ बैशाख ७, मंगलवार २०:१२
१० बैसाख, कालिकोट । कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसामा १२ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश शाहीको अध्यक्षता तथा धनजित शाहीको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको हो । उक्त रनिङ्ग […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.