प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

खबरखोज सम्वाददाता   ।   २०७८ बैशाख ३०, बिहीबार १४:०२

खबरखोज सम्वाददाता/काठमाडौं वैशाख ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव राखेका थिए ।

ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताए । ‘उहाँहरु बीच भेट तय भएको छ । कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको छ’, ती नेताले भने ।

बिहीबार बिहान नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए ।

भेटका क्रममा पौडेलले सांसद पदबाट राजीनामा दिँदा सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राखेका थिए । तर नेपालले भने आफ्नो शर्त प्रस्ट भएको जवाफ दिएका थिए । नेता नेपालसँगको भेटपछि बालुवाटारमा ओलीले स्थायी कमिटी बैठक राखेका थिए ।

बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसल र सुरेन्द्र पाण्डेमाथिको कारबाही लिने निर्णय गरेको छ । कारबाही फिर्ताको निर्णयले वातावरण सकारात्मक बनाएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बताउँछन् ।

‘कुराकानी सुरु भएको छ । सकारात्मक परिणाम आउने आशा गरौं’, पाण्डेले भने । बालुवाटारमा स्थायी कमिटीको बैठक बस्नुअगाडि ओलीले नेता नेपालसँग टेलिफोन वार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

4G सेवा संचालन गर्न महासंघकाे ध्यानाकर्षण पत्र

२०७८ बैशाख ३०, बिहीबार १४:०२
जेष्ठ 4 कालिकाेट काेेभिड 19 महामारिकाे समयमा कालिकाेटका अधिकांस विद्यालय बन्द नै छन । कालिकाेटमा हाल इन्टरनेटकाे अभावका कारण हजाराै विद्यार्थिकाे भविष्य अन्धकार छ । र बिजुलि बत्तिकाे पनि अभावका कारण अन्धकार छनै महामारिकाे समयमा 4 जि ईन्टरनेट नहुदा कालिकाेटका बिद्यार्थिलाई अझ एक वर्ष पछि पार्ने देखिन्छ । महामारी संगै […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.