कालिकोटको महवै गाउँपालिकामा नागरिक समाज गठन

निस्ता कार्की   ।   २०७७ श्रावण २४, शनिबार १८:२०

कालिकोट जिल्ला महावै गाउँपालिकामा नागरिक समाजको गठन गरिएको छ । महावै – १ निवासी चन्द्रबहादुर शाहीको संयोजकत्वमा नौ सदसीय नागरिक समाज गठन गरिएको हो । महावै गाउँपालिका निवासी नागरिक अगुवाहरुको हालै भएको भेलाले शाही संयोजक रहेको गाउँपालिका स्तरिए नागरिक समाज चयन भएको छ । नागरिक समाज कालिकोटका संयोजक कालीबहादुर मल्लको विशेष उपस्थितिमा सम्पन्न भेलाले महावैका सबै वडाबाट प्रतिनिधित्व रहने गरी जर्मकला सिंह सह संयोजक र गमा कुमारी शाही सचिव लगाएतका पदाधिकारी रहेको नागरिक समाज गठन गरेको वताइएको छ । नागरिक समाज महावैको टोलीले स्थानीय स्तरमा नागरिकहरुको न्याय,सुशासन र अधिकारको पक्षमा आवाज उठाउने संयोजक शाहीले प्रतिबद्धता गर्नुभएको छ । गाउँ पालिका केन्द्र रहेको पादमघाट बजारमा तत्कालै कार्यालय स्थापना गरेर नागरिक समाजले गतिविधि थालनी गर्ने उहाँको भनाइ छ ।
नागरिक समाज कालिकोटका संयोजक मल्लले स्थानीय स्तरमा भएका हरेक खाले विकृति र विसंगति विरुद्ध डटेर अघि बढ्न सबै पदाधिकारीलाई जोडदार निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा नौ जना कोरोना संक्रमित थपिए

२०७७ श्रावण २४, शनिबार १८:२०
सुर्खेत साउन २५ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ महिने बालकसहित नौ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार थप ९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये जुम्लाका […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.