रोल्पामा पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

खबरखोज सम्वाददाता   ।   २०७८ असार ९, बुधबार १२:५१

रोल्पा — पहिरोले घर भत्किँदा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते छन् । मंगलबार राति घरमाथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रोल्पा नगरपालिका–९ ह्वामा गाउँस्थित ढाम्पा टोलस्थित स्थानीय ४० वर्षका टीकासिंह बूढामगरको घरमाथि पहिरो खस्दा टीकासिंहकी आमा ८६ वर्षकी कर्मिता, बुहारी १८ वर्षकी सुशीला र छोरी १५ वर्षकी श्यामकलाको ज्यान गएको हो । पहिरोमा परी घर भत्कँदा टीकासिंह, उनकी पत्नी सुनमाया र ९ वर्षका छोरा शक्तिमान घाइते भएका हुन् ।

घाइतेमध्ये गम्भीर अवस्थाका टीकासिंह र उनका छोरा शक्तिमानलाई हेलिकप्टरबाट थप उपचारका लागि बुटवलस्थित अस्पतालमा लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । टीकासिंहको खुट्टालगायत शरीरको धेरै भागमा गम्भीर चोट लागेको छ । उनकी पत्नीलाई सामान्य चोट लागेको घटनास्थल पुगेका डीएसपी नरेशराज सुवेदीले बताए । जिल्लामा केही दिन यता निरन्तर वर्षा भइरहेको छ ।

वर्षा भइरहेका बेला टीकासिंहको दुई तले घर भत्किएको डीएसपी सुवेदीले बताए । उनका अनुसार बिहान ४ बजे खबर पाएपछि घटनास्थल पुग्न ४ घण्टा लागेको थियो । सदरमुकाम लिबाङदेखि करिब २० किलोमिटर टाढा पर्ने उक्त घटनास्थल लिवनस्थित वागेश्वरी माध्यमिक विद्यालय नजिकै पर्छ । वर्षाले सडक अवरुद्ध भएकाले प्रहरी घटनास्थल हिँडेर पुग्नु परेको डीएसपी सुवेदीले बताए । घटनाको खबर पाएपछि उद्धार गर्न जुटेकाले राति १ बजेदेखि अनिदो भएको प्रजिअ सापकोटाले बताए ।

‘प्रदेश र गृह मन्त्रालयमा सम्पर्क गरेपछि उद्धार र थप उपचारका लागि हेलिकप्टर बोलाउने व्यवस्था मिलाएका छौं,’ प्रजिअ सापकोटाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपन्न बालबालिकाको हेरविचार सरकारले गर्छ-प्रधानमन्त्री ओली

२०७८ असार ९, बुधबार १२:५१
कालिकोट असार ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न बालबालिकाहरुको हेरविचार सरकारले गर्ने वताउनु भएको छ । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.