बर्षौदेखि अलपत्र पिलि-पाँखा सडकको ट्रयाक खोल्दै म्याक कन्ट्रक्सन

खबरखोज सम्वाददाता   ।   २०७८ असार १६, बुधबार १७:२५

खबरखोज सम्वाददाता/कालिकोट । करोडौको खर्च भएपनि सडक निमार्ण हुन नसकेको पिलि-नाग्म सडकको कोप-पाँखा सडक खण्डमा म्याक क्नट्रक्सन प्रलिले जिम्मा लिएको महिना दिनमै गाडी गुडाउन सफल हुने भएको छ ।
तत्कालिन जिविस हुर्दै १९ औ जिल्ला परिसदबाट पारित भई तत्कालिन पाँखा गाविसको १० लाख कर्णाली रोजगारको रकमबाट सुरुवात गरिएको सडक निर्वाचन क्षेत्र विकास कोष,प्रदेश सरकारको गरी ४ करोड खर्च भए पनि दशला पाँखावासीको गाडी चढ्ने सपना अधुरै रहेको थियो ।
करोडौ रकम खर्चेर पनि खुल्न नसककेको पिलि पाँखा सडक ८० लाखको ठेक्का सम्झौतामा पुरा गर्न लागेको म्याक कन्ट्रक्सन प्रालिका प्रमुख एवम नेकपा माओवादी केन्द्रका नेता महेन्द्र शाहीले वताउनु भयो । “विकासवादी चिन्तन,पारदर्शीता भयो भने थोरै बजेटले पनि चट्टान फोडेर जनताको गाडी चढ्ने चाहाँना पुरा गर्न सकिदो रहेछ”७ शाहीले थप्नु भयो । शाहीको विचारमा राजनीति भनेको भाषण गर्ने मात्र नभएर जनताको विकास भोक पुर गर्ने हो ।

Open photo
झण्डै डेढ करोड पहिलेनै खर्च भएको यस सडक खण्डमा निर्वाचित जनपर्तिनिधिहरू आईसकेपनि गत २०७५÷०७६ मा १ करोड ५० लाख को टेन्डर भयको र २०७६÷०७७ मा पनि ८५ लाख को टेन्डर भएको तर अहिले सम्म खुल्न सकेको थिएन ।
पिलि नाग्म सडक खण्डका लागि जति प्रयास गरेपनि विचौलिया र उपभोक्तवादी सोच भएकाहरुका कारण पुरा हुन नसकेको आफूले परिकल्पना गरेको सडक कम रकमबाटै रफ्तारमा काम गरेर पुरा गर्न लागेकोमा म्याक कन्ट्रक्सनका महेन्द्र शााही धन्यबादको पात्र भएको स्थानीयवासी एवम एमाले कालिकोटका नेता तुलाराज मल्ल वताउनु हुन्छ । उहाँ आफूले सोही सडक खण्डमा गाडी गुडाउने योजनाकासाथ धेरै अगाडीवाट पहल गरेपनि निमार्ण भन्दा अवरोध गर्नेहरुको सख्या धेरै भएकाले हालसम्म सडक निमार्ण हुन नसकेको धारणा राख्नु भयो ।
यता खाँडाचक्र नगरपािलका प्रमुख जसिप्रसाद पाण्डे हामिले नगरपािलकावाट पनि संघिय सरकार,प्रदेश सरकारमा पहल गरेको तर पुरा हुन नसक्दा दुख लागि रहेको वताउनु भयो ।
पिलि देखि नाग्म सडकलाई राष्ट्रिय गौरभको योजनामा राखेर टु७लेन सहित कालापत्रे वनाउन प्रधानमन्त्री केपि शर्मा ओलीले हालै सिलन्यास गर्नु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वमाओवादी नेताहरू एमाले स्थायी कमिटीमा, माधव पक्षका दुई नेता पनि

२०७८ असार १६, बुधबार १७:२५
काठमाडौं । नेकपा एमालेले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी नेताहरूको अवस्था के हुन्छ भन्ने कौतुहल थियो । आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.