पूर्वमाओवादी नेताहरू एमाले स्थायी कमिटीमा, माधव पक्षका दुई नेता पनि

खबरखोज सम्वाददाता   ।   २०७८ असार १६, बुधबार १७:५८

काठमाडौं । नेकपा एमालेले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी नेताहरूको अवस्था के हुन्छ भन्ने कौतुहल थियो ।

आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टीको स्थायी मिति सदस्य बनेका छन् ।

उनीहरू केन्द्रीय सदस्य भने रहने छैनन् । यसैगरी माओवादीसँगको एकता प्रक्रियामा एमालेबाट स्थायी कमिटीमा थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त पनि फेरि स्थायी कमिटी सदस्य बनेका छन् । उनीहरूमध्ये रघुवीर र विष्णु रिमाल संस्थापन समूहका हुन् भने बेदुराम र रघुजी पन्त माधव नेपाल समूहका हुन् । बेदुरामले हालैमात्र आफूलाई स्वतन्त्र सांसदका रूपमा व्यवहार गर्न संसद सचिवालयमा आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौंमा मात्र थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, ५०५१ सक्रिय संक्रमित

२०७८ असार १६, बुधबार १७:५८
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८१ र भक्तपुरमा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै काठमाडौं उपत्यकामा थप ३७६ जना संक्रमित थपिएका छन् । हाल काठमाडौं जिल्लामा ५०५१, ललितपुरमा १०६९४ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.