काठमाडौंमा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि, ५३३० सक्रिय संक्रमित

खबरखोज सम्वाददाता   ।   २०७८ असार २२, मंगलवार २०:२२

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १०५ र भक्तपुरमा २९ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै काठमाडौं उपत्यकामा थप ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, काठमाडौंमा ५३३० जना सक्रिय संक्रमित छन् । आज देशभर २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा हुने

२०७८ असार २२, मंगलवार २०:२२
मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.