मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा हुने

खबरखोज सम्वाददाता   ।   २०७८ असार २२, मंगलवार २०:२८

मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा बदली छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि बदली रहनेछ । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशका अधिकाश भूभागमा बदली रहनाका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ का एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । बुधबार पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । बिहीबार पनि यही मौसमी प्रणाली कायम रहनेछ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम ३० र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस छ । विराटनगरमा सबैभन्दा बढी ५८ र काठमाडौँमा २८ मिलिमिटर वर्षामापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटकोमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते

२०७८ असार २२, मंगलवार २०:२८
कालीबहादुर मल्ल, कालिकोट । जिल्लाको रास्कोट सान्निघाटमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मङ्लबार बिहान रास्कोट नगरपालिकाको कालापानी रोहोटे क्षेत्रमा जिप दुर्घटना भएपछि रास्कोट नगरपालिका- ३ का ३६ बर्षिया पम्फा फडेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको हो । प्रहरीका अनुसार सेराचौर […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.