बाढीले गाडी बगाउँदा इन्जिनियरसहित २ बेपत्ता

खबरखोज सम्वाददाता   ।   २०७८ असार २३, बुधबार १२:५७

पर्वतको सुन्दरेखोलामा आएको बाढीले गाडी बगाउँदा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना बेपत्ता भएका छन ।मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नजिकै रहेको सुन्दरखोलाले गएराति करिब ११ बजे दोविल्ला भन्ने स्थानमा गाडी बगाउँदा त्यसमा सबार दुई जना बेपत्ता भएका हुन ।

निर्माण कम्पनी लामा कन्ट्रक्सनको प्रदेश ३–०१–०३३–च–३६४२ नम्बरको हाइलक्स गाडीमा सवार साईड इन्र्चाज राजाराम आचार्य र गाडीका चालक बेपक्ता भएको जिल्ला प्रहरी प्रमुख डिएसपी शिबराज बुढाथोकीले जानकारी दिनुभयो । बाढीले बगाएको गाडी डेढ किलोमिटर तल रतीखोला र मोदीखोलाको दोभान नजिक भेटिएको छ । बेपत्ता भएका दुबै जनाको खोजी जारी रहेको बुढाथोकीले बताउनुभयो ।

बाढी पहिरोको कारण अहिले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बन्द भएको छ। बाढी पहिरोले पर्वतका तीनचारवटै सडक गएरातिदेखि खण्ड बन्द भएका डिएसपी बुढाथोकीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रादेशिक रंगशाला निर्माण गर्न कर्णाली सरकारले छुट्यायो ३५ करोड

२०७८ असार २३, बुधबार १२:५७
कर्णाली सरकारले प्रदेश गौरवको आयोजना भनेको प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । डीपीआरअनुसार उक्त रंगशाला निर्माण गर्न कुल २ अर्ब बजेट आवश्यक पर्छ । तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्य पूरा गर्न वार्षिक करिब ७० करोड बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । तर, सरकारले आगामी […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.