विप्लव नेतृत्वको नेकपाका १४ जना नेता कार्यकर्ता रिहा

खबरखोज सम्वाददाता   ।   २०७८ असार २४, बिहीबार १४:०३

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चुडामणि वली ‘आदर्श’सहित १४ जना रिहा भएका छन । बजुराबाट १४ जना रिहा भएको वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जानकारी दिनु भयो ।

न्याय विभाग प्रमुख तथा नेकपाका केन्द्रीय सदस्य वालीसहित सहित १६ जना कार्यकर्ता बाजुराबाट एकैचोटी पक्राउ परेका थिए ।
वरिष्ठ अधिवक्ता भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल र कान्तिराम ढुंगासहितको बहसपछि सर्वोच्च अदालतले वलीसहित १४ जनालाई रिहा गर्न आदेश दिएको हो ।

२०७६ कात्तिक २२ गते सांगठनिक कामका लागि हिँडिरहेका बेला बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ बाट उनीहरु पक्राउ परेका थिए ।

पछि उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो । बरिष्ठ अधिवक्ता एकराज भण्डारी लगायतको बहसपछि १४ जना छुटेका छन् । २ जना छट्न वाँकी छन ।

आज ज्वाला खबर अनलाइनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकाले युद्धका लागि अब आफ्ना सैनिक अफगानिस्तान नपठाउने

२०७८ असार २४, बिहीबार १४:०३
अमेरिकी राष्ट्रपति जो बाइडेनले अब अफगानिस्तानमा युद्ध गर्न आफ्ना सैनिक नपठाउने बताएका छन्। आउँदो अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता हुने घोषणासमेत बाइडेनले गरेका छन्। ‘अब जतिसक्यो छिटो अफगानिस्तानबाट हाम्रा सैनिक फर्किनेछन्,’ ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले भनेका छन्, ‘अर्को पुस्ता अब अमेरिकाबाट अफगानिस्तानमा युद्ध लड्न जाने छैन।’ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.