नायिका जेनी कुँवरद्धारा आत्महत्या

खबरखोज सम्वाददाता   ।   २०७८ असार २५, शुक्रबार ११:३०

काठमाडौं असार २४ ,। नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् । केहीअघि उनको पशुपति परिसरमा नै विवाद समेत भएको थियो ।

प्रहरी यतिबेला अपार्टमेन्ट पुगेर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको छ ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।

उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

अनलाइन खबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मेस्सीले पाए पहिलोपटक अन्तर्राष्ट्रिय टाइटल

२०७८ असार २५, शुक्रबार ११:३०
यसपटकको कोपा अमेरिका फु्टबलको उपाधि अर्जेन्टिनाले जितेको छ। नेपाली समयअनुसार आज बिहान सम्पन्न फाइनलमा आयोजक ब्राजिललाई उसकै मैदानमा एक गाेलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको हो। अर्जेन्टिनाका लागि एन्जल डिमारियाले खेलको २२औं मिनेटमा हानेकाे गोल नै जितका लागि निर्णायक बनेकाे हाे। यो जितसँगै अर्जेन्टिनाका स्टार लियोनल मेस्सी पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि पनि चुम्न […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.