कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मेस्सीले पाए पहिलोपटक अन्तर्राष्ट्रिय टाइटल

खबरखोज सम्वाददाता   ।   २०७८ असार २७, आईतवार ०९:२५

यसपटकको कोपा अमेरिका फु्टबलको उपाधि अर्जेन्टिनाले जितेको छ।

नेपाली समयअनुसार आज बिहान सम्पन्न फाइनलमा आयोजक ब्राजिललाई उसकै मैदानमा एक गाेलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको हो।

अर्जेन्टिनाका लागि एन्जल डिमारियाले खेलको २२औं मिनेटमा हानेकाे गोल नै जितका लागि निर्णायक बनेकाे हाे।

यो जितसँगै अर्जेन्टिनाका स्टार लियोनल मेस्सी पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि पनि चुम्न सफल भएका छन्। साथै उनले सातौं बालुन डी’ओर अवार्ड जित्ने सम्भावना सबैभन्दा बलियो बनेको छ।

यसअघि मेस्सीले तीनवटा कोपा अमेरिका र एउटा विश्वकप फाइनल खेलिसकेका छन्। तर  उपाधि जित्न सकेका थिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मेस्सीले पाए पहिलोपटक अन्तर्राष्ट्रिय टाइटल

२०७८ असार २७, आईतवार ०९:२५
यसपटकको कोपा अमेरिका फु्टबलको उपाधि अर्जेन्टिनाले जितेको छ। नेपाली समयअनुसार आज बिहान सम्पन्न फाइनलमा आयोजक ब्राजिललाई उसकै मैदानमा एक गाेलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको हो। अर्जेन्टिनाका लागि एन्जल डिमारियाले खेलको २२औं मिनेटमा हानेकाे गोल नै जितका लागि निर्णायक बनेकाे हाे। यो जितसँगै अर्जेन्टिनाका स्टार लियोनल मेस्सी पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि पनि चुम्न […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.