एमाले सांसद भीम रावलले दिए राजीनामा

खबरखोज सम्वाददाता   ।   २०७८ श्रावण ३, आईतवार १८:५०

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपाल पक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए ।

‘यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु’ उनले राजीनामा पत्रमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रभु साहको नेतृत्वमा एमाले ‘आईटी आर्मी’

२०७८ श्रावण ३, आईतवार १८:५०
काठमाडौं । नेकपा एमालेले प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट ‘आईटी आर्मी’ गठनको घोषणा गरेका हुन् । उक्त संगठनको मुख्य काम ‘शासक वर्ग’ले समाजमा सृजना गरेको भ्रम चिर्ने रहेको एमालेले जनाएको छ । कार्यक्रमबाट संगठनको अन्तरिम घोषणापत्रसमेत सार्वजनिक […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.