प्रभु साहको नेतृत्वमा एमाले ‘आईटी आर्मी’

रमेश सुनार   ।   २०७८ श्रावण ६, बुधबार १२:०३

काठमाडौं । नेकपा एमालेले प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट ‘आईटी आर्मी’ गठनको घोषणा गरेका हुन् ।

उक्त संगठनको मुख्य काम ‘शासक वर्ग’ले समाजमा सृजना गरेको भ्रम चिर्ने रहेको एमालेले जनाएको छ । कार्यक्रमबाट संगठनको अन्तरिम घोषणापत्रसमेत सार्वजनिक गरिएको हो ।

अन्तरिम घोषणापत्रमा द्वन्द्व र विभाजनको स्थितिको अन्त्य आईटी आर्मीले गर्ने बताइएको छ । आईटी आर्मीले सूचना प्रविधि (आईटी) को सहायताले मुलुकमा व्याप्त दूराचार, भ्रष्टाचार, बेथितिलगायत विसंगति हटाउन सकिने उल्लेख छ ।

आईटीकै माध्यमबाट दमन, उत्पीडन र विभेदलाई बढावा दिने गलत शासन व्यवस्थाको अन्त्य गरिने अन्तरिम घोषणापत्रमा उल्लेख छ । मुख्यतः आम श्रमजीवी तथा उत्पीडित जनतालाई सूचना प्रविधिको सहायताले सुसूचित, सचेत र संगठित गर्ने गराउने आईटी आर्मीको उद्देश्य छ । साहले एक सय ५१ सदस्यीय सो संगठनले आईटी क्षेत्रबाट पार्टीका गतिविधिहरू निगरानी गने बताएका छन् ।

No description available.

नागरिक खबरमा अनलाइनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युथ फोर्स कालिकोट अध्यक्षमा ज्ञानेन्द्र शाही

२०७८ श्रावण ६, बुधबार १२:०३
कालिकोट । नेकपा एमालेको युवा दस्ता युथ फोर्स कालिकोटको अध्यक्षमा युवा नेता ज्ञानेन्द्र शाही चयन भएका छन् । एमालेले केन्द्रमा युथ फोर्स गडन गरेसँगै कालिकोट जिल्लामा पनि युथ फोर्स गठन गरेको हो । महामारीको समयमा युवाहरु विपन्न, पछाडी पारीएका नागरक,कोरोना पीडितहरुको उद्दारका लागि कटवद्ध भएर परिचालन हुने अध्यक्ष शाहीले वताएका […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.