कांग्रेस महाधिवेशन दुई वर्ष पछि सर्दै,वडा अधिवेशन अनिश्चित

खबरखोज सम्वाददाता   ।   २०७८ श्रावण १६, शनिबार ०७:४६

काठमाडौं साउन १४ नेपाली कांग्रसको १४ औं महाधिवेशनको मिति कम्तिमा डेढ वर्षदेखि बढीमा दुई वर्षसम्म पछि धकेल्ने गृहकार्य नेपाली कांग्रेसभित्र भएको छ । प्रधानमन्त्री समेत बनेका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको सर्वसम्मत निर्णयद्वारा यो कदम चाल्ने गृहकार्य गरेका छन् ।

समाचार स्रोतका अनुसार सभापति देउवाले यो कामका लागि नेता प्रदीप गिरीलाई जिम्मेवारी दिएका छन् । आगामी महाधिवेशनमा देउवा सभापति पदमा चुनाव नलड्ने सहमतिपछि मात्रै देउवालाई प्रधानमन्त्री बन्ने मार्ग प्रसस्त भएको समाचार स्रोतले जनाइएको छ । स्रोतका अनुसार १४ औं महाधिवेशनमा देउवा उमेद्वार नबन्ने सहमत भएपछि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । महाधिवेशनको मिति आगामी आम निर्वाचन पछिसम्म धकेल्ने सहमति पनि त्यही बेला भएको बुझिएको छ ।

महाधिवेशन नहुँदासम्म केन्द्रीय कार्यसमितिलाई के कस्तो आकार दिने ? भन्ने सन्दर्भमा गृहकार्य जारी रहेको बुझिएको छ । स्रोतका अनुसार २०६४ सालमा नेपाली कांग्रेस र नेपाली कांग्रेसको एकीकरण गर्ने क्रममा जुन ढाँचाको केन्द्रीय समिति र पदाधिकारीको व्यवस्था गरिएको थियो, त्यही ढाँचा अघि बढाउने सहमति भएको छ । त्यतिबेला गिरिजाप्रसाद कोइराला सभापति रहेपनि उपसभापति सुशील कोइरालालाई कार्यवाहक सभापति बनाइएको थियो भने देउवालाई वरिष्ठ नेता बनाएर उनको पोर्टफोलियो कार्यबाहक सभापति भन्दामाथि बनाइएको थियो । जसको रणनीतिकार थिए कृष्णप्रसाल सिटौला ।

सिटौलाले अहिले पनि त्यही ढाँचाको रणनीति अघि सारेका छन् । जस अनुसार सभापति देउवाको नेतृत्वमा उपसभापति विमलेन्द्र निधि कार्यबाहक सभापति बन्ने, वरिष्ठ नेता रामचन्द्र पौडेल सहसभापति हुने र पोर्टफोलियो कार्यबाहक सभापति निधि भन्दा माथि हुने तय गरिएको छ । उपसभापति पदमा सिटौला र प्रकाशमानलाई थप्ने सहमति भएको छ । महामन्त्री पदमा डा.शेखर कोइरालालाई थप्ने सहमति भएको छ । यसैगरी सहमहामन्त्री पदमा पनि सात जना थपिनेछ ।

तर यो सहमति तत्काल घोषणा गर्दा कार्यकर्ताहरुले प्रतिरोध गर्नसक्ने आशंका गर्दै नेताहरु उपयुक्त वातावरणको खोजीमा छन् । गत शनिबार सभापति देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले वडा अधिबेशन अनिश्चतकालका लागि स्थगित गरेको छ । तर वडा अधिबेशन स्थगित हुनुको निहुँ भने क्रियाशिल सदस्यता विवादलाई बनाइएको छ । आगामी भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको महाधिवेशनको पूर्वतयारीका लागि साउन १२ गते वडा अधिबेशनको मिति तोकिएको थियो ।

वडा अधिबेशन भनेको महाधिवेशनको पूर्वतयारीका लागि प्रस्थान विन्दु हो । वडा अधिबेशनपछि पालिका, प्रदेशसभा निर्वाचन क्षेत्रीय, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय, जिल्ला र प्रदेश अधिबेशनपछि मात्रै केन्द्रीय महाधिवेशन हुन्छ । स्थगित गरिएको वडा अधिबेशन कहिले होला ? भन्ने मिडियाको प्रश्नमा कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाई छ– ‘साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिले सभापतिलाई प्रतिवेदन बुझाउने मिति तय गरिएको छ । प्रतिवेदन सभापतिज्युले अनुमोदन गरेपछि केन्द्रीय निर्वाचन समितिमा जान्छ । निर्वाचन समितिले भनेको मितिमा वडा अधिबेशन हुन्छ ।’ यो प्रक्रिया तोकिएकै मिति अनुसार फटाफट अघि बढ्यो भने पनि साउन महिनाभित्र वडा अधिबेशन संभव छैन । साउनभित्र वडा अधिबेशन संभव नहुनासाथ भदौभित्र महाधिवेशन संभव हुने कुरै भएन ।

त्यसो त नेपाली कांग्रेस पार्टीको महाधिवेशन गराउन मात्रै होइन आफ्ना भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन गराउन पनि असफल भएको छ । नेविसंघको करिव एक वर्षदेखि केन्द्रीय कार्य समिति छैन । महाधिवेशन नभएको पाँच वर्ष भयो । नेपाल तरुणदलको महाधिबेश नभएको पाँच वर्ष पुग्न लाग्यो तर चार जना पदाधिकारीमै सीमित छ । अध्यक्ष र महामन्त्रीले एक अर्कालाई निश्काशन गरेका कारण दुई वर्षदेखि बैठक बस्न सकिरहेको छैन । नेपाल महिला संघको बैठक चार वर्ष अघि महाधिवेशन भएपछि दुई पटक मात्रै बस्यो । विगत एक वर्षदेखि त म्याद नै गुज्रिसकेको छ । नेपाल अपाङ्ग संघ गठन भएको ९ वर्ष भयो तर एक पटक पनि महाधिवेशन हुन सकेको छैन । नेपाल ठाकुर समाजमा २०६४ साल यता महाधिवेशन हुन सकेको छैन ।

नेपाल भुपु सैनिक संघको तीन वर्ष अघि महाधिवेशन त भयो तर बैठक बस्न सकेको छैन । नेपाल मुस्लिम संघ तीन वर्षदेखि वेवारिस बनेको छ । नेपाल आदिवासी जनजाति संघको वर्तमान कार्यसमिति १५ वर्ष पुरानो हो । महाधिवेशन हुन नसकेका कारण मृत प्रायः छ । प्रजातन्त्र सेनानी संघले ४ वर्ष अघि महाधिवेशन गर्न खोज्दा चुनावको मुखमा भन्दै पार्टी नेतृत्वले रोकेको थियो । त्यसपछि महाधिवेशन नै भएको छैन । केन्द्रीय समितिमा भएका धेरै जसो दिवंगत भइसके । नेपाल किसान संघको महाधिवेशन नभएको १५ वर्ष भयो । नेपाल दलित संघको महाधिवेशन नभएको करिव ९ बर्ष भयो । नेपाल प्रेस युनियनको महाधिवेशन नभएको ७ वर्ष भयो । समयबद्धबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशका गैससभित्र सुसाशन सम्वन्धि छलफल

२०७८ श्रावण १६, शनिबार ०७:४६
सुर्खेत साउन २९ । कर्णाली प्रदेश स्तरिय नागरिक तथा सामाजिक सस्थाहरुकाे अान्तरिक सुसाशान र स्वनियमनका न्यूनतम मापदण्ड २०७६ सम्वन्धि जानकारी अादानप्रदान कार्यक्रम शुक्रबार विरेन्द्रनगरमा सम्पन्न भएकाे छ । किर्डाक नेपालकाे सहजिकरण र गैसस महासंघ कर्णाली प्रदेशकाे अायाेजनामा छलफल कार्यक्रम सञ्चालन गरिएकाे हाे । गैसस महासंघ कर्णाली प्रदेश अध्यक्ष हरि अधिकारीकाे […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.