काबुलमा तालिबान छिरे, राष्ट्रपति घानीले बोलाए आपतकालीन बैठक

खबरखोज सम्वाददाता   ।   २०७८ श्रावण ३१, आईतवार १६:३५

३१ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी शहर काबुलमा तालिबानका लडाकु छिरेसँगै राष्ट्रपति असर्फ घानीले आपतकालीन बैठक बोलाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले अहिले अमेरिकी विशेष दूत जाल्मे खलिलजाद र शीर्ष नेटोका अधिकारीसँग वार्ता गरिरहेका छन् । यसअघि शनिबार घानीले एक वक्तव्य जारी गर्दै मुलुक गम्भीर खतरामा रहेको बताएका थिए ।

घानीले अफगानिस्तानको सुरक्षालाई सशक्त बनाउने र सेनालाई संगठित गर्ने प्रयास भइरहेको बताएका थिए । तालिबानले मुलुकका अधिकांश क्षेत्रलाई कब्जामा लिएसँगै राष्ट्रपति घानीमाथि राजीनामा दिन दबाब बढेको छ ।

अमेरिकाले आफ्ना नागरिकको सुरक्षाको लागि थप पाँच हजार सेना काबुल पठाएको छ । त्यस्तै उसले आफ्ना नागरिक र दूतावासका कर्मचारीको पनि काबुलबाट हेलिकप्टरबाट उद्धार गरिरहेको छ ।

 

यसैबीच तालिबानले भने आफ्ना लडाकुहरुलाई काबुल नछिर्न निर्देशन दिइएको दाबी गरेको छ । तालिबानले एक वक्तव्य जारी गर्दै आफ्ना लडाकुलाई काबुलको गेटमा नै बस्न निर्देशन दिइएको बताएको छ । काबुल घना बस्ती भएको क्षेत्र भएकाले आम नागरिकको सुरक्षालाई ध्यानमा राख्दै लडाकुहरुलाई बाहिरै बस्न निर्देशन दिइएको तालिबानको दाबी छ ।

तालिबानले अहिले सत्ता शान्तिपूर्णरुपमा हस्तान्तरणको लागि वार्ता भइरहेको बताएको छ । यद्यपि काबुलको धेरै क्षेत्रमा तालिबानको झण्डा देखिएको र तालिबानका लडाकुहरु पनि सडकमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । केही क्षेत्रमा गोली चलेको आवाज सुनिएको पनि समाचारमा उल्लेख छ ।

एजेन्सीहरुको सहयोगमा अनलाइन खबरवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेकै संरचनामा माओवादी केन्द्र (विधानको पूर्ण पाठसहित)

२०७८ श्रावण ३१, आईतवार १६:३५
सत्ता साझेदार नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५२ पृष्ठ लामो विधान पेश गरेका छन्। एमालेले अपनाउँदै आएका केही प्रावधानलाई माओवादीले पनि आफ्नो पार्टी संगठनमा लागु गर्न गरी विधानको बनाएको हो। अब यसलाई जारी केन्द्रीय कमिटी बैठकले आवश्यक संशोधनसहित पारित गरेपछि लागु हुनेछ। गत असारमै […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.