एक्कासी घट्यो कुखुराको मासुको मूल्य : हेर्नुहोस् कति पुग्यो

खबरखाेज समाचारदाता   ।   २०७८ भाद्र ५, शनिबार ०८:१५

प्रतिभा ऐडि/ कालिकाेट ५ । गर्मी मौसम शुरु भए पनि बजारमा कुखुराको मासुको मूल्य घट्न सकेको थिएन । साथै, बजारमा उच्च मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ताहरुले गुनासो गर्दै आएका थिए । करिब एक हप्तासम्ममा प्रतिकेजी ४ सय ३० देखि ४ सय ५० रुपैयाँसम्मबिक्री गर्दै आएको कुखुराको मूल्यनिषेधाज्ञा लागू भएपछि खपतसँगै कुखुराको मूल्य घटेको नेपाल ह्याचरी संघका अध्यक्ष टिकारम पोखरेल बताउँछन् ।

उनका अनुसार विगतको दिनमा प्यारेन्ट चल्ला उत्पादन गर्ने प्यारेन्ट आयात गर्न नसक्दा बजारमाकुखुराको उत्पादन कम हुन गई मूल्य बढेको थियो । तर, अहिले जति पनि उत्पादन भएका कुखुराको मासु खपत हुन नसक्दा प्रत्यक्ष असरमा मूल्यमा परेको बताए ।एक हप्ता अघिसम्म प्रतिकेजी ४ सय ५० रुपैयाँसम्म बिक्री भएको कुखुराको मासुको मूल्य निषेधाज्ञा पछि निरन्तर ओरोलो लागेर अहिले प्रतिकेजी ३ सय ७० रुपैयाँ देखि ३ सय ९० रुपैयाँसम्म बिक्री गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले स्थायी कमिटी बैठक सुरु, को – को छन् सहभागी ?

२०७८ भाद्र ५, शनिबार ०८:१५
काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सुरु भएको हो। १० बुँदे सहमति कार्यन्वयनको बारेमा मोडालिटी बनाउन समय नपुगेको तथा अन्य गृहकार्य बाँकी रहेको भन्दै ११ बजे बोलाइएको बैठक ३ बजेका लागि सरेको थियो । बैठकमा उपाध्यक्ष भीम रावल, […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.