एमाले स्थायी कमिटी बैठक सुरु, को – को छन् सहभागी ?

खबरखाेज समाचारदाता   ।   २०७८ भाद्र ८, मंगलवार १५:४४

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा सुरु भएको हो।

१० बुँदे सहमति कार्यन्वयनको बारेमा मोडालिटी बनाउन समय नपुगेको तथा अन्य गृहकार्य बाँकी रहेको भन्दै ११ बजे बोलाइएको बैठक ३ बजेका लागि सरेको थियो ।

बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे, रघुजी पन्त र र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा पनि सहभागी भएका छन् ।

बैठकमा झण्डै ६ महिनापछि ९ जना स्थायी कमिटी सदस्यहरुले सहभागिता जनाएका छन् ।

सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट पुनर्स्थापित एमाले एकजुट हुन सकेको छैन । २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षको मात्र बैठक राखेर एकलौटी निर्णय गरेपछि माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएको थियो ।

नेता नेपालले २ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । तर लामो समय उनीसँग रहेका स्थायी कमिटीका अधिकांश नेता नयाँ पार्टीमा गएनन् । स्थायी कमिटीका ९ जनाले केन्द्रीय सदस्यहरुसँग छलफल गरेर १० बुँदे सहमति कार्यान्वयन र नयाँ पार्टी दर्ताको प्रक्रिया रोक्न माग गरेका थिए ।

सोमबार भएको छलफलमा अध्यक्ष ओली १० बँदे सहमति कार्यान्वयन गर्न सहमत भएका छन् । त्यसअनुसार एमाले स्थायी कमिटीको बैठक जारी रहेको छ  । अन्नपूर्ण टाइम्स अनलाइनमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले पार्टी प्रवक्तामा याेगेश भट्टराई

२०७८ भाद्र ८, मंगलवार १५:४४
काठमाडौ  भदाै ९।एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.