एमाले पार्टी प्रवक्तामा याेगेश भट्टराई

खबरखाेज समाचारदाता   ।   २०७८ भाद्र ९, बुधबार १२:५८

काठमाडौ  भदाै ९।एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्तामा थिए ।

मंगलबार सम्पन्न स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका हैसियतमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिन खोजेका छन् । न्युज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वाइसिएल केन्द्रिय अध्यक्षमा कालिकाेटकी पूर्णीमा

२०७८ भाद्र ९, बुधबार १२:५८
कालिकाेट । कर्णाली प्रदेश निकै पिछडिएको प्रदेश हो । त्यसै मध्ये पनि कालिकोट जिल्ला झनै पिछडिएको जिल्ला हो । उमेरले १५/१६ बर्षको हुदाँ देखि नै माओवादी आन्दोलनमा हुम्मिएकी यशोदा न्यौपाने पूर्णीमा माओवादी केन्द्रमा कर्णाली प्रदेश बाट महिला नेत्रिहरु मध्ये सक्रिय नेत्रि हुन् । पार्टीले थालेको विभिन्न आन्दोलनमा सहभागी बन्दै । […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.