ढिस्कोमा पुरिएर डोल्पामा एकजनाको मृत्यु

खबरखोज संवाददाता   ।   २०७७ श्रावण २७, मंगलवार ११:२९


डोल्पा, २७ साउन । माटोको ढिस्कोले पुरिएर त्रिपुरासुन्दरी नगरपालिका– २ रसीका २० वर्षीय दीपक बुढाको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार घरको छत चुहिने भएकाले त्यसमा राख्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बुढाको मृत्यु भएको हो ।

जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारका अनुसार ढिस्कोमा दुईजना पुरिएकोमा एकजनाको उद्धार भएको छ । बुढासँगै गएका ३९ वर्षीय कर्णबहादुर बोहोरा भने घाइते भएका छन् । उनको दायाँ खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज कृष्णाष्टमी राष्ट्रपतिबाट शुभकामना व्यक्त

२०७७ श्रावण २७, मंगलवार ११:२९
काठमाडौँ, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिनुहुँदै यस पर्वले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् । सन्देशमा राष्ट्रपतिले भनेकी छन्, ‘‘श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.