स्वास्थ्य सेवा कार्यालय कालिकाेटकाे बार्षिक समीक्षा

खबरखाेज समाचारदाता   ।   २०७८ आश्विन २०, बुधबार १५:३६

कालिकाेट असाेज २०। स्वास्थ्य सेवा कार्यालय कालिकाेटद्वारा आव २०७७/०७८ मा सञ्चालित कार्यक्रमहरुकाे प्रगति समीक्षा सम्बन्धी सञ्चारकर्मीहरुसँग अन्तरक्रिया सञ्चालन भएकाे छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर रत्नबिर सुनारकाे अध्यक्षतामा आयाेजित अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत कटक महतले गत आवमा सञ्चालित कार्यक्रम र प्रगतिका बारेमा जानकारी गराउनु भएकाे छ ।

अाव ०७७/७८ काे अवधिमा जिल्लाका सवै स्थानीय तहमाहरुद्वारा सञ्चालित क्रियाकलप र प्रगतिबारे सञ्चारकर्मीलाई जानकारी तथा सुझाव उपल्ब्ध गराइएकाे छ ।

अन्तरक्रियामा काेभिड १९ विशेष अस्पतालकाे स्थापना,काेराेना महामारी राेकथाम तथा नियन्त्रण,नरहरीनाथ र पलातामा दुइवटा बर्थिङ सेन्टर भपन निर्माण,काेभिडकाे उपचार्थ र कालिकाेट अस्पतालमा अत्यावश्यक मेडिकल अाैजार तथा उपकरण खरिद र जडान,जिल्ला अस्पतालमा फिजियाेथेरापी तथा दन्तराेग सेवा सञ्चालन लगाएतका प्रगतिकाे बारेमा उपस्थित पत्रकारहरुलाई जानकारी गराइएकाे थियाे ।

यस्तै सरुवा राेग तथा काेभिड विशेष अस्पताल सञ्चालनार्थ अस्थायी दरवन्दी स्वीकृत गरि जनशक्तिकाे व्यवस्थापन गर्नु पर्ने,दरवन्दी अनुसारकाे जनशक्ति व्यवस्थापन गर्नु पर्ने,कर्मचारिलाई आवासकाे निर्माण गर्नु पर्ने,कार्यालयमा सिर्जना भएकाे दायीत्व भुक्तानिका लागि बजेटकाे व्यवस्थापन गर्नु पर्ने र सामुदायिक स्वास्थ्य इकाइलाई नियमित गर्नु पर्ने सुझाव राखिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनमतबाटै बैज्ञानिक समाजबाद आउँछ - नेकपा नेता भरत बम

२०७८ आश्विन २०, बुधबार १५:३६
कालिकाेट असाेज २१ । बिप्वल नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भरत बम रणविरले जनताकाे जनमतबाटै दलाल पुजिवादकाे अन्त्य गरि बैज्ञानिक समाजबादकाे स्थापना गर्ने बताउनु भयाे । जनपत्रकार संगठनकाे आयाेजित  कालिकाेट जिल्टला सदरमुकाममा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा धारणा राख्दै नेकपा नेत रणविरले फाैजि तरिकाले नभएर जनमतसंग्रह मार्फत नेपालमा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.