देउवाले धाेका दिएकाे काँग्रेस युवा नेता बमकाे आराेप

खबरखाेज समाचारदाता   ।   २०७८ आश्विन २२, शुक्रबार १५:४४

कालिकाेट । नेपाली काग्रेसका युवा नेता माेतिराज बमले  प्रधानमन्त्री एवम पार्टी सभापति सेरबहादुुर देउवाले आफुलाई जिल्ला सभापति हुनबाट बञ्चित बनाएकाे आराेप लगाउनु भएकाे छ ।

हालै सम्पन्न नेपाली काँग्रेसकाे जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिनु भएका नेता बमले बुधबार पत्रकार सम्मेलन मार्फत सभापति देउवाले आाफुनिकट नेताहरूलाई फाेन गरेर माेतिराज बमलाई सभापति नबनाउनु बरु महाधिवेश प्रतिनिधि धेरै ल्याउनु भनेकाे वताए ।

साथै उहाले आाफ्ना लागि जिल्ला सभापति नबनाएर घात गरेकाले देउवालाई सभापतिमा भाेट नदिने र बिमलेन्द्र निधि आफ्नाे उम्मेदवार भएकाे वताए ।

चुनाव भएमा आफ्नाे जित सुनिश्चित हुने ठाेकुवा गर्दै नेता बमले देउवाले टिम भित्रै धाेका दिएकाले कालिकाेटबाट अल्पमतमा परेकाे समेत जानकारी गराए ।

कालिकाेटबाट २५ जना महाधिवेशन प्रतिनिधिमा सभापति सहित १० रामचन्द्र पाैडेल पक्षका र १५ जना देउवा पक्षका रहेका छन । जसमा असन्तुष्ट नेता बमले आफुसँग ५ जना महाधिवेश प्रतिनिधि रहेकाे र बिमलेन्द्र निधिकाे पक्षमा रहेकाे वताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रास्काेटकी १९ बर्षीया प्रतिभा बनिन उपप्रमुख

२०७८ आश्विन २२, शुक्रबार १५:४४
कालिकोट /रास्कोट नगरपालिका-२ का १९ वर्षीेया किशोरी प्रतिभा ऐडि एक दिनका लागि उप-प्रमुख बनेकी छन्। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपाल हामी दाजु भाइ मानव अधिकार तथा बातावरण बिकास केन्द्र (हुरुन्डेक) नेपाल कालिकोट लगायत संस्थाले संयुक्त रुपमा आयोजना गरेको गल्र्स टेकओभर कार्यक्रम अन्तर्गत coc क्लबकी अध्यक्ष रहेकी ऐडि लाई […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.