दशैंमा सुनसान बन्‍यो काठमाडौं

खबरखोज सम्वाददाता   ।   २०७८ आश्विन २८, बिहीबार १८:२१

नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ ।

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्‌डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् ।

काठमाडौंमा मानिसहरुको खचाखच हुने न्यूरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् ।

दशैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

२०७८ आश्विन २८, बिहीबार १८:२१
नेपालमा बिहीबार थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ४ सय १८ पीसीआर परीक्षणका क्रममा ३ सय ९८ जना र २ हजार ७ सय ९६ एन्टीजेन परीक्षणका क्रममा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.