थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

खबरखोज सम्वाददाता   ।   २०७८ आश्विन २८, बिहीबार १८:४४

नेपालमा बिहीबार थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ४ सय १८ पीसीआर परीक्षणका क्रममा ३ सय ९८ जना र २ हजार ७ सय ९६ एन्टीजेन परीक्षणका क्रममा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९७ हजार ५ सय ८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार २ सय ६९ जनाले ज्यान गुमाएका छन् ।

थप ८ सय ४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७९ हजार १ सय ५४ संक्रमित निको भएका छन् । हाल नेपालमा १३ हजार ८ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

२०७८ आश्विन २८, बिहीबार १८:४४
नेपालीहरूको महान् चाड बडादसैँको आज मुख्य दिन मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८:१९ बजे देवी विसर्जन र बिहान १0:0२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.