आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

खबरखोज सम्वाददाता   ।   २०७८ आश्विन २९, शुक्रबार ०८:०३

नेपालीहरूको महान् चाड बडादसैँको आज मुख्य दिन मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ ।

विजयादशमीका दिन आज बिहान ८:१९ बजे देवी विसर्जन र बिहान १0:0२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०:०२ बजेको दिइएको उनले बताए । ‘अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०:०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ’, अध्यक्ष अधिकारीले भने ।

समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ । नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या छैन ।विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप चार सुरुङमार्ग अध्ययनमा, २३ सुरुङमार्ग बनाउन गृहकार्य

२०७८ आश्विन २९, शुक्रबार ०८:०३
सडक विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा थप चारवटा सुरुङमार्ग निर्माणका लागि अध्ययन अघि बढाउने भएको छ । विभागका अनुसार कर्णालीमा समेत यो वर्ष सुरुङमार्ग निर्माणको लागि अध्ययन हुनेछ । पूर्वाधार विज्ञहरुले समग्र राष्ट्रिय यातायात सञ्जाल प्रणालीको गुरुयोजना तयार नगरी जथाभावी सुरुङमार्ग बनाउन नहुने बताउँदै आएपनि सरकारले घुम्ती सडकयुक्त पहाडमा […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.