लगातारको बर्षाले घर भत्किदा महावैमा एकको मृत्यु,जिल्लाभरी लाखौ धनजनको क्षति

खबरखोज सम्वाददाता   ।   २०७८ कार्तिक २, मंगलवार ११:२२

प्रतिभा ऐडि / कालिकोट । तिन दिनदेखि लगातार बर्षाले यस जिल्लाको महावै गाउँपालिका–७ राम्नी गाउँमा सोमबार  राति एक घर भत्किदा सोही ठाउँकी १८ बर्षिया स्मृति अधिकारीको मृत्युु भएको छ ।

विष्णलाल अधिकारीको जिर्ण अवस्थामा रहेको घरभित्र च्यपएिर स्मृतिको मृत्यु भएको हो भने अधिकारीकी १५ बर्षीया छोरी इनीशा अधिकारी घाइते भएकि घाइते भएको प्रहरी चौकी पदमघाटले जनाएको छ ।
यस्तै महावै गाउँपालिका वडा–७ राम्नीमा १५ घर उच्च जोखिममा रहेका कारण सोमबार राति जोखिममा रहेका घरपरिवारलाई राम माध्यमिक विद्यालयमा सारिएको महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले जानकारी गराउनु भएको छ । उहाँका अनुसार घाइते तथा जोखिममा रहेका घरहरुको उद्धारका लागि स्थानीय सरकार र प्रहरीले पहल गरिरहेको छ ।

यस्तै बर्षका कारण खाँडाचक्र ८ दशला माथिले दलित टोलका १८ घर पहिरोको उच्च जोखिममा परेपछि सवैले घर छोडेर विस्थापित भएको स्थानीय समाजसेवी रवि नेपालिले वताएका छन ।
यस्तै जिल्लाको विभिन्न भागमा पाकेर काटिएको धानवाली नष्ट भएपछि किसानहरु मर्कामा परेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढी-पहिराे पीडितका लागि राहत प्याकेज घोषणा गर्न एमालेको माग

२०७८ कार्तिक २, मंगलवार ११:२२
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बाढीबाट प्रभावितका लागि राहत प्याकेज घोषणा गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै एमालेले किसान र बाढी पीडितका लागि राहत ल्याउन सरकारसँग माग गरेको हो । बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै एमालेले पीडामा परेका किसान […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.