निरु बिकका हत्यारलाई कार्वाहीकाे माग गर्दै कालिकाेटमा विराेध प्रदर्शन

प्रतिभा ऐडि   ।   २०७८ कार्तिक ११, बिहीबार १५:५१

कालिकाेट । खाँडाचक्र नपा-६ का १४ बर्षीया निरु बिककाे बलात्कार पछि हत्या घटनाका दाेसि पत्ता लगाई कानूनी कार्वाही गर्न माग गर्दै यहाँ जिल्लामा बिहीबार बिराेध  प्रदर्शन गरिएकाे छ ।

बलात्कार पछि हत्यारा गरेर मकैबारिमा फालेकाे दुइ महिना बितिसक्दा पनि दाेषि कुनै कानूनी दाहेरामा ल्याउन नसक्नु प्रहरी प्रशासनकाे लाचारी भएकाे आराेप प्रदर्शनकारीहरुले लगाएका छन ।

दलित महिला संघका केन्द्रीय अध्यक्ष सरु सुनारले दलित महिला माथि भएकाे घटनालाई राज्यले ब्यवास्ता गरे दलित  समुदायले आफैले कार्वाही गर्ने चेतावनी दिनुभयाे । उहाले दलित अधिकारका लागि हतियार उठान पछि नपर्ने धारणा राख्नु भयाे ।

साथै उहाले दलितका सवालमा अहिले पनि राज्यले बिभेदकाे दृष्टिकाेणले हेर्ने गरेकाे बताउनु भयाे ।

निरु बिकलाई न्याय दे,हत्यारालाई कार्वाही, मानवअधिकाकाे संरक्षण गर लगाएतका नारा सहितकाे प्लेकार्ड,निरु बिककाे फाेटाे भएकाे ब्यानर सहतिकाे जुलसले जिल्ला सदरमुकाम मान्म परिक्रमा गरि प्रतिमा चाेकमा काेणसभा भएकाे थियाे ।

जुलुसमा दलित अधिकारकर्मी,महिला अधिकारकर्मी,दलित जनप्रतिनि लगाएतकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले महाधिवेशन प्रतिनिधि को हुने ? कसरी छनौट गर्ने ?

२०७८ कार्तिक ११, बिहीबार १५:५१
काठमाडौं । नेकपा एमालेले महाधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको प्रावधानलाई स्पष्ट पारेको छ । कात्तिक १२ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) १३ जारी गर्दै महाधिवेशनमा तीन प्रकारका प्रतिनिधि हुने पनि स्पष्ट पार्नुभएको छ । अपानीमा जनाइए अनुसार पदेन, भौगोलिक र मनोनीत गरी तीन […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.