एमाले महाधिवेशन प्रतिनिधि को हुने ? कसरी छनौट गर्ने ?

खबरखाेज समाचारदाता   ।   २०७८ कार्तिक १५, सोमबार ११:४९

काठमाडौं । नेकपा एमालेले महाधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको प्रावधानलाई स्पष्ट पारेको छ ।

कात्तिक १२ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) १३ जारी गर्दै महाधिवेशनमा तीन प्रकारका प्रतिनिधि हुने पनि स्पष्ट पार्नुभएको छ । अपानीमा जनाइए अनुसार पदेन, भौगोलिक र मनोनीत गरी तीन प्रकारका प्रतिनिधि हुनेछन् ।

पदेन प्रतिनिधिहरुमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरु, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरु र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरु रहनेछन् ।

सबभन्दा ठूलो संख्या रहने भौगोलिक प्रतिनिधिहरु निम्न अनुसार हुनेछन्-
– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरु मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित हुने प्रतिनिधि ।

– प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो पछि प्रत्येक ८०० मा थप १/१ जना तर हरेक दोश्रो ८०० मा महिला अनिवार्य हुनेछ ।

– देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो पछि प्रत्येक ८०० सदस्यसम्म मा थप १ जना तर हरेक दोश्रो ८०० मा महिला अनिवार्य हुनेछ ।

– देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि । सो संख्यामा थप ५०० सम्म सदस्य थप भएमा १ जना महिला अनिवार्य र सो पछि प्रत्येक ५०० मा महिलाको एकतिहाई हुनेगरी १/१ जनाको दरले प्रतिनिधि छनौट गर्ने ।

– भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रनितनिधि ।

– भारत, अमेरिका (क्यानडा समेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना प्रत्येकका पार्टी सदस्यहरुबाट कम्तिमा २ महिला सहित ५ जनाका दरले निर्वाचित हुने ३० जना प्रतिनिधि ।

– पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरुबाट निर्वाचित हुने कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधि । विभागका सचिव र सदस्यहरु विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने ।

एमालेले आफ्ना २२ वटा जनसंगठनलाई पनि प्रत्येक संगठनबाट २ जना महिला सहित ५ जनाका दरले प्रतिनिधि छनौट गर्न भनेको छ ।

सल्लाहकार परिषदलाई मताधिकार नहुने
केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष स्थायी कमिटीको पदेन सदस्य रहेकोले आयोजक हुने हुँदा सल्लाहकार परिषदका अन्य पदाधिकारी समेत सदस्यहरु मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि ।

सल्लाहकार परिषदका अन्य सदस्यहरु राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उहाँहरुलाई मताधिकार नहुने ।

यी बाहेक केन्द्रीय कमिटीले बढीमा ५ प्रतिशत प्रतिनिधि मनोनित हुने व्यवस्था गरेको छ । सबै गरेर बढीमा १ हजार ९ सय ९९ जना दशौं महाधिवेशनका प्रतिनिधी हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशका मुख्यमन्त्री राजिनामा दिदै

२०७८ कार्तिक १५, सोमबार ११:४९
कालिकाेट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन्। सोमबार साँझ पाँच बजे मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन्। ‘अहिले आन्तरिक छलफल भइरहेको छ, मुख्यमन्त्रीले राजीनामा दिने निश्चित भइसकेको छ, आधिकारिक रूपमा जानकारी आउँछ’, मुख्यमन्त्रीको विश्वस्त स्रोतले भन्यो, ‘काँग्रेससँग भएको सत्ता हस्तान्तरणको सम्झौता इमान्दारितापूर्वक कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीले राजीनामा दिन लाग्नुभएको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.