मुगु सदरमुकाममा भिषण आगलागि, २१ घर नष्ट

खबरखाेज समाचारदाता   ।   २०७८ कार्तिक ३०, मंगलवार १३:२१

प्रतिभा ऐडि-सुर्खेत । मुगुकाे सदरमुकाममा भीषण आगलागी भएको छ । गमगडिमा आगलागी हुँदा २१ वटा घर जलेर पूर्ण नष्ट भएका छन । आगो नियन्त्रण गर्ने क्रममा एउटा कच्ची घर भत्काइएको हो । आगोलाई अन्य ठाउमा फैलिनबाट रोक्न बीचमा रहेका गोरख मल्लको एउटा कच्ची घर पनि भत्काइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको हो। सुरक्षाकर्मीहरु स्थानीयहरुको सहयोगमा बिहान साढे ४ बजे आगो केही नियन्त्रणमा आएको बताएको छ| साँघुरो र बाक्लो बजारका कारणले गर्दा धेरै नोक्सानी भएको छ | आगलागीमा मानवीय क्षति नभएको र क्षतिको पूर्ण विवरण आउन बाकी रहेको जानकारी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पलाता अध्यक्ष बमद्वारा कृषि सहकारी संस्थाकाे उदघाटन

२०७८ कार्तिक ३०, मंगलवार १३:२१
खबरखाेज समाचारदाता/कालिकाेट – जनप्रगतिशिल कृषि सहकारी संस्था बुधबार पलातामा औपचारिक उद्घाटन भएको छ । सहकारीकाे गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छले उदघाटन गर्नुभएकाे हाे । अध्यक्ष बमका अनुसार समाजमा व्याप्त गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय-अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गर्नु पर्ने हुन्छ । मानवीय सङ्गठन भएकोले यसले […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.