पलाता अध्यक्ष बमद्वारा कृषि सहकारी संस्थाकाे उदघाटन

प्रतिभा ऐडि   ।   २०७८ मंसिर १, बुधबार १८:२०

खबरखाेज समाचारदाता/कालिकाेट – जनप्रगतिशिल कृषि सहकारी संस्था बुधबार पलातामा औपचारिक उद्घाटन भएको छ । सहकारीकाे गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छले उदघाटन गर्नुभएकाे हाे ।

अध्यक्ष बमका अनुसार समाजमा व्याप्त गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय-अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गर्नु पर्ने हुन्छ । मानवीय सङ्गठन भएकोले यसले मानिसहरूमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरूको विकास गर्ने बताउदै समाजका पछडीएका महिला, दलित वर्ग वा व्यक्तिहरूलाई समेत आपसमा मिलेर बस्न, कुनै व्यवसाय गर्न र सहयोग गर्न प्रेरित गर्दछ ।

सहकारीले आफ्ना सदस्यहरूलाई सामुहिक रूपले कुनै पनि व्यवसाय गर्न मार्गदर्शन गर्ने हुनाले यसबाट समाजमा सामाजिक न्याय र समानताको वातवारण कायम हुन गई सामािजक विकासको गतिलाई टेवा पुर्‍याउन संचालन गरिएको खबरखाेजलाई जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियसभाकाे निर्वाचन मघ १२ गते (मन्त्रिपरिषद् निर्णय)

२०७८ मंसिर १, बुधबार १८:२०
सुर्खेत । सरकारले आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको हो बैठकले फागुन २१ गतेबाट रिक्त हुन लागेको पदमा १२ गते निर्वाचन गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। प्रवक्ता कार्कीका अनुसार सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.