प्रचण्ड र विप्लवबिच भेटवार्ता

प्रतिभा ऐडि   ।   २०७८ मंसिर ४, शनिबार १३:५९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बिच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबिच सहकार्यका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबिच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल हुँदै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् ।

शनिवार बिहान पनि महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेका थिए । स्रोतले भन्यो, ‘तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी उहाँहरूबिच भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किर्डाक कालिकाेट र स्वास्थ्य कार्यालय वीच समन्वय बैठक सम्पन्न

२०७८ मंसिर ४, शनिबार १३:५९
कालिकाेट । किर्डाक नेपाल र जिल्ला स्वास्थ्य कार्यालय कालिकोट बिच जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डा: रत्नबिर सुनारकाे अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य काे प्रमुख आतिथ्यतामा उक्त जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको हाे । सम्पन्न कार्यक्रममा प्रहरी […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.