किर्डाक कालिकाेट र स्वास्थ्य कार्यालय वीच समन्वय बैठक सम्पन्न

प्रतिभा ऐडि   ।   २०७८ मंसिर ८, बुधबार १७:०३

कालिकाेट । किर्डाक नेपाल र जिल्ला स्वास्थ्य कार्यालय कालिकोट बिच जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डा: रत्नबिर सुनारकाे अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य काे प्रमुख आतिथ्यतामा उक्त जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको हाे ।

सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक सिद्वराज न्याैपाने, शसस्त्र प्रहरी बल आश्रित गुल्मका गुल्मपति रामबाबुपालि बाेगटि,नेपाल पत्रकार महाँसंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट लगाएत अन्य पत्रकार कालिबहादुर मल्ल, बिष्नु न्याैपाने, बिस्वनाथ सिमखाडा,र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका स्वास्थ्यकर्मी हरुकाे सहभागिता रहेकाे थियो । कार्यक्रममा बाेल्दै किर्डाक नेपालका जिल्ला संयाेजक तुलाराम पाण्डेले कार्यक्रमका बारे प्रष्ट पार्नु भएकाे थियाे ।

पलान नेपालकाे आर्थिक सहयोगमा जिल्लाका ३ वटा पालिकामा कार्यक्रम सञ्चालन हुने बताईएकाे छ । जिल्लाका नरहरि नाथ, सान्नित्रीबेणि र राष्काेट नगरपालिकामा काेभिड १९ र खाेपका बिषयमा सचेतना जगाउने र खाेपकाे महत्वका बारे मानिसहरूलाई जानकारी दिने, खाेपहरु सँग सम्वन्धित पाैराणिक साेचहरु र गलत धाराणाहरुलाई हटाउने जनाईएकाे छ । कार्यक्रमको सञ्चालन जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले गर्नु भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफ्नाे पार्टीमा प्रवेश गर्न प्रचण्डलाई बिप्लवकाे आग्रह

२०७८ मंसिर ८, बुधबार १७:०३
प्रतिभा ऐडि/काठमाडौ-नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नाे पार्टीमा प्रवेश गर्न आग्रह गरेका छन । पार्टी एकता भनेको नेताहरूको टाउको जोडिने मात्र होइन, जनताको सपना, चाहना र मनको मिलन हुनु हो । कसैको पार्टी ठूलो बनाउन, सरकारमा पुर्‍याउन, सरकार बनाउन र सुखभोग गराउन पार्टी एकता सम्भव […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.