मन्दिर प्रवेश गर्न खोजेको भन्दै दलितमाथि कुटपिट

पीडितद्वारा उजुरी दर्ता

खबरखोज समचारदाता   ।   २०७७ श्रावण ३२, आईतवार ०८:३२

कालीकोट- साउन ३२- शुभकालिका गाउँपालिका–४ मुग्राहाका २५ वर्षीय पङ्खबहादुर बिकलाई सोही ठाउँका २३ वर्षीय अर्जुन शाही, २२ वर्षीय कमल शाही, १९ वर्षीय युवराज शाहीलगायतको समूहले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

शुभकालिका गाँउपालिका–७ स्थित मच्छेवाडीमा रहेको धबलपूरा देवताको पूजा गर्न मन्दिरभित्र प्रवेश गर्न खोज्दा साउन २६ गते पीडितलाई आरोपितहरूले कुटपिट गरिएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडितका अनुसार दलित भएकाले मन्दिरमा जान नपाइने भन्दै बाटो छेकी आरोपितहरूले आफूलाई ढुङ्गा र दाउराले कुटपिट गरी भीरबाट खसालिदिएका थिए ।

बुटपिटका कारण पीडितको दायाँ गोडा र घाँटीमा गम्भीर चोट लागेका कारण उपचार भइरहेको जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी कटक महतले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

जातीय छुवाछूत गरी कुटपिट गरेको आरोपमा आरोपितहरूविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा साउन २९ गते उजुरी  दर्ता गराउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका  डिएसपी श्याम ओलियाले जातीय विभेदको उजुरी दर्ता भएको र घटनामा संलग्न व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसईईको नतिजा मंगलबारभित्र सार्वजनिक हुने

२०७७ श्रावण ३२, आईतवार ०८:३२
खवरखोज सम्वाददाता/काठमाण्डौ-राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले भोली वा पर्सिभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ । अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्नेछौ–स्रोतले न्युज अफ नेपाललाई भन्यो । […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.