जनप्रतिनिका छाेरा छाेरीलाई अनिवार्य सरकारी बिद्यालयमा पढाउने एजेण्डा असफल भइसक्यो – संयोजक शाही

मानबहादुर बिश्वकर्मा   ।   २०७८ पुष १४, बुधबार १७:५०

१४ पुस, कालिकोट । नेकपा (माओबादी केन्द्र) काे आठाै महाधिवेशनले सरकारी बिद्यालयकाे शैक्षिक गुणस्तर बढाउने र शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छाेरा छाेरीलाई सरकारी बिद्यालयमा अनिवार्य पढाउने नीति पास गरेकाे बुदा प्रति अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कालिकाेट जिल्ला संयाेजक मनसिंह शाही ले टिप्पणी ब्यक्त गरेका छन।

केन्द्रीय सदस्य शाहीले आफ्नो अफिसियल फेसबुक एकाउन्ट मार्फत सामाजिक संञ्जालमा लेखेका छन्। सरकारी बिद्यालयकाे गुणस्तर बढाउने र शिक्षक, कर्मचारी र जनप्रतिनिका छाेरा छाेरीलाई अनिवार्य सरकारी बिद्यालमा पढाउने एजेण्डा असफल भइसक्यो। याे एजेण्डा पार्टी र संगठनले धेरै पटक उठाई सकेकाे हाे।

यसलाई पास गर्नकाे लागी हामिले र हाम्राे पार्टीले जितेका वडा, स्थानिय तह र प्रदेशमा प्रत्येक वडाकाे कम्तिमा १ बिद्यालयमा आधारभुत तह सम्म र प्रत्यक साबिकका गा.बि.स.काे कम्तिमा १ बिद्यालयमा माध्यामिक तहसम्म अनिवार्य अंग्रेजि शिक्षाकाे ब्यवस्था गराै र त्यसपछी मात्र हाम्राे नारा सफल हाेला यदी त्यसाे नगरे सम्म हाम्राे नारा नारामा मात्र सिमित हुने छ शाहीले लेखेका छन्।

शिक्षक कर्मचारी र जनप्रतिनिधिका त कुरा छाेडाै साधारण जनताले पनि कुनै बैज्ञानिक शिक्षा र समाजबादी शिक्षाकाे लागि हैन सिरप अंग्रजि शिक्षाकाे लागिमात्र बार्षिक लाखाै खर्चेर देशका महङ्गा सहरमा बाल बच्चाहरूलाई पढाउने गरेका छन्। यसकाे अन्त्यका लागि र सामाजिक आर्थिक बचतकाे लागि र शैक्षिक बिकासकाे लागि अनिवार्य अंग्रेजि शिक्षाकाे ब्यवस्था सरकारले गर्नु पर्दछ अनिमात्र हाम्राे नारा सफल हुने छ।

नेताकाे छाेरा छाेरीलाई बिदेश पढ्न पठाउने मेराे देशले जनताकाे छाेरा छाेरीलाई घरमै बसेर अंग्रेजि शिक्षा पढ्ने ब्यवस्था गर्लात जिज्ञासा हामिले खाेजेकाे समाजबादी शिक्षा र बैज्ञानिक शिक्षा प्राप्तिकाेलागि एक आधार निर्माण गर्न भएपनि हामिले शिक्षामा सुधार ल्याउन जरुरत छ। भनिने छ कुनै देश बिगार्नकाे लागी त्यस देशकाे शिक्षा बिगारे पुग्छ अहिले हाम्राे देशमा त्यस्तै खस्कदाे अवस्थाकाे शिक्षा नीति छ।

हाम्राे देशमा नीति, विधि मात्र कागजमा सिमित हुने भयकाे हुदा यसलाई कार्यन्वयत तर्फ सराेकरवालाकाे ध्यान जान जरुरत छ। शाहीले सामाजिक संञ्जाल फेसबुकमा सो कुरा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजसेवी महताराद्वारा न्यानो लत्ताकपडा वितरण

२०७८ पुष १४, बुधबार १७:५०
१७ पुस, कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर ८ महतबाडाका ६० जना नागरिकलाई न्यानो लत्ताकपडा वितरण गरिएको छ। शुभकालिका गाउँपालिका वडा नम्बर ८ का युवा नेता तथा समाजसेवी बिरेन्द्र बहादुर महतारा (बिवस) ले आफ्नो ब्यक्तिगत सहयोगमा वडा नम्बर ८ का दलित, असाय बृद्ध बृदा लाई जाडो महिनाको समयमा न्यानो पार्न […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.