२ फागुन, कालिकोट । नागकि सञ्जाल, सिएसओका पदाधिकारीहरुको क्षमता मुल्याङ्कन तथा संस्थागत क्षमता विकास सम्वन्धि तीन दिने तालिम रास्कोट नगरपालिकामा शनिबार सम्पन्न भएको छ।
रास्कोट नगपािलकाको समन्वय, प्लान इन्टरनेशनल नेपालको सहयोगमा र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको आयोजनामा सुरु गरिएको तालिम शनिबार सम्पन्न भएको हो।
बालविवाह, जवजस्ती बिवाह, छिटो बिवाह न्यूनिकरण कार्यक्रम अन्तरगत रास्कोटमा गठित सिएसओका सदस्यहरुको क्षमता मुल्याङ्कन तथा विकास गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको सादा नेपालका कार्यक्रम संयोजक दलसिंंह कुमालले जानकारी दिए।
सिएसओ नेटवर्कलाई बालबिवाह,महिला हिंसा लगाएका सवालमा वकालत गर्न सक्षम बनाउने, महिला बालबालिका सवाल संस्थागत रुपमा उठाउन सक्ने बनाउने उद्देश्यकासाथ आयोजना गरिएको थियो।
तिन दिने तालिको सहजिकरण गरिरहनु भएका प्रशिक्षक कालीबहादुर मल्लले संस्थागत कार्यक्षेत्रमा आउने समस्या तथा चुनौति त्यसको समाधानका उपाएँ, सञ्जाललाई कानूनि दर्ता, बालबिवाह, महिला हिंसाका सवालमा पहिचान, समुदायसँग सञ्जालका पदाधिकारीले गर्नु पर्ने कार्य, निश्पक्षता, पारदर्शिताका बारेमा प्रष्ट पारेका थिए।
तालिममा बालअधिकार सम्वन्धि राष्ट्रिय अन्तराष्ट्रिय नीति नियम, बाल अधिकारको परिभाषा, बालअधिकार, महासधि, बालबिवाहका असर, बालबिवाह न्यूनिकरणका लागि नगरिक सञ्जालले खेल्नु पर्ने भूमिकाका विषयमा प्रशिक्षण गरिएको थियो।
कार्यक्रम तालिम समापन कार्यक्रममा सादा नेपालका दलसिंह कुमाल, टिका शाही, लगाएतले तालिम पछि नागरिक सञ्जालले कार्यक्षेत्र काम गर्न सरल बताएका थिए।