सादा नेपाल कालिकाेटकाे पत्रकारहरूसँगकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न

खवरखाेज सम्वाददाता   ।   २०७८ फाल्गुन २०, शुक्रबार ०९:५०

फागुन २०,कालिकाेट
खाँडाचक्र नगरपालिका-१ स्थित सनलाईट हाेटलकाे हलमा महिला हिंसा तथा बालबालिका सम्वन्धि पत्रकारहरूका विच १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) कालिकाेटका कार्यकारी निर्देशक अशाेकनाथ याेगीकाे अध्यक्षता र सादा नेपाल कालिकाेटका अनुगमन तथा मुल्याङकन अधिकृत नमराज याेगीकाे संचालकत्व र सादा नेपाल कालिकाटका संयाेजक दलसिंह कुमालकाे आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा बाेल्दै कार्यकारी निर्देशक याेगीले महिला हिंसा बालबिवाह,समाजमा हुने कुरितीका विरूधमा कालिकाेटका तीन वटा स्थानिय तह रास्काेट नगरपालिका ,सान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा सादा नेपाल कालिकाेटले विगत देखि हाल सम्म हुने महिला हिंसा,बालविबाह विद्यालय जानवाट बन्चितलाई विद्यालयमा जान प्रेरित गर्ने र कार्यक्रम लागू हुनु पहिला भन्दा हालकाे परिस्थितिमा महिला हिंसा र वालबिवाहका घटनाहरू धेरै सुधार भएकाे बताए ।

अन्तरक्रिया कार्यक्रममा कालिकाेटमा संचालित रेडियाे तथा अनलाईन मिडियाका पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे र कार्यक्रम प्लान ईन्टरनेस्नल नेपालकाे अर्थिक सहयाेग सामाजिक जागरण तथा विकास प्रतिष्ठान केन्द्र कालिकाेटकाे आयाेजनामा भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समय नपुग्दै अध्यक्ष बमकाे राजिनामा किन ? (कारण) सहित

२०७८ फाल्गुन २०, शुक्रबार ०९:५०
कालिकाेट । पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले राजिनामा दिने संकेत देखाएका छन् । गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले आगामि आउने निर्वाचन लड्न र प्रचार गर्नका लागि सरकार छोड्नु पर्ने आचार संहिता सार्वजनिक गरेलगत्तै आफ्नो पार्टीको फेरि पनि पलाँतामा सरकार बनाउन सरकार छाड्ने संकेत गरेका छन । ५ गते कार्यपालिका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.