एसईईको नतिजा सार्वजनिक

नतिजा यसरी हेर्न सकिन्छ

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र १, सोमबार २०:०९

काठमाडौं, भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो । कुल ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा प्रमाणिकरण भएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा 

बोर्डले एसईई परीक्षाको नतिजा हेर्नका लागि १६०० डायल गरी थाहा पाउन सकिने जानकारी दिएको छ । यस्तै एनसेल र नेपाल टेलिकममार्फत् १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने छ ।

माध्यामिक शिक्षा परीक्षा कक्षा १० काे वेबसाइट see.gov.np, शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिनेछ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अछामको पहिरोमा परि १० बेपत्ता, ७ जनाको शव भेटियो

२०७७ भाद्र १, सोमबार २०:०९
कालिकोट /अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाको बाढीले बगाएका १७ जनाको विवरण प्राप्त भएको छ । मंगलबार राति आएको बाढीले रामारोशन गाउँपालिका–५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ७ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिए ‌। उनका अनुसार गाउँपालिकाको टोलीले २ जनाको शव भेटेको र प्रहरीको उद्धार तथा खोज टोलीले […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.