बालविवाह अन्त्य गर्न जनप्रतिनिधिको नौ बुँदे प्रतिवद्धता

गणेश सि‌ह   ।   २०७९ भाद्र ७, मंगलवार १६:१३

कालिकोट: बालविवाह अन्त्य गर्नका लागि स्थानीय तहका जन प्रतिनिधिहरुले नौ बुँदे लिखित प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
बालविवाह न्यूनिकरण तथा अन्त्यका लागि स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाको भूमिका विषयक सामोबार आयोजित बृहत अन्तरक्रिमा सहभागिहरुले यस्तो लिखित प्रतिबद्धता ब्यक्त गर्नु भएको हो ।
नेपाल पत्रकार महासंघ कालिकोटको आयोजना तथा सेभद चिल्डेन,प्लान इन्टरनेष्नल,किर्डाक नेपाल, सादा नेपाल,हुरेन्डेक,आइयनएफ र फेडोको संयुक्त साझेदारीमा सञ्चालित बृहत अन्तरक्रियामा कालिकोट जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख,उपप्रमुख,अध्यक्ष ,उपाध्यक्ष र दैलेख जिल्ला आठविस नगरपालिका प्रमुख उपप्रम,प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख लगाएतका सरोकारवालाहरुलेले बाल बिवाह अन्त्य गर्ने प्रतिवद्धतामा हस्ताक्षर गर्नु भएको छ ।
नेपाल पत्रकार महासंघका कालिकोटका अध्यक्ष भरतराज विष्टको अध्यक्षतामा सम्पन्न बृहत अन्त्रक्रियामा बाल विवाह अन्त्यका लागि जिल्लास्थित सबै स्थानीय तहले साझा रणनीतिक योजना तथा बजेट निर्माण गरी वडा, पालिका तथा जिल्ला तहमा कार्यान्वयन तथा नियमित समिक्षा गर्ने, जिल्लाका सबै नगरपालिका र गाउँपालिका स्तरमा बालअधिकार समिति तथा वडा स्त्तरमा वडा बाल अधिकार समिति गठन गरी क्रियाशिल बनाउने,प्रत्येक आर्थिक वर्षको योजना निर्माण प्रक्रियामा बालबालिकाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै बाल संरक्षण, सहभागितालगायतका क्षेत्रमा लगानी बृद्धि गर्न प्रतिबद्ध प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यस्तै सवै गाउँपालिका तथा नगरपालिकामा बालकल्याण अधिकारी वा बालअधिकार अधिकृतको ब्यवस्था गर्ने,बालविवाह गर्न गराउन संलग्न हुने, भोजभतेरमा सहभागी हुने वा सूचना लुकाउने, मेलमिलाप गर्ने, गराउने जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी, अधिकारकर्मी तथा सर्वसाधारणको नाम सार्वजनिक गर्दै सामाजिक वहिष्कार गरी कानूनअनुसार कारवाहीको लागि पहल गर्न,बालविवाह अन्त्यका लागि धामीझाक्री, ज्योतिषी, पण्डित, मनोसामाजिक मनोविमर्शकर्ता लगायतलाई सचेतीकरण, संगठित गर्दै परिचालन गर्ने गराउने र बाल विवाह गर्न गराउन संलग्नलाई राज्यबाट दिइने सेवा सुविधा रोक्न सकिने जानकारी गराउदै सचेत रहन आम नागरिकलाई सुचित गर्ने प्रतिवद्धता गर्नु भएको छ ।
साथै बालविवाह निषधित वडा, पालिका घोषणा गर्न स्थानीय तहको नेतृत्वमा बिभिन्न अभियानमूलक कार्यक्रमहरू सञ्चालन गर्दै २०८३ सम्म कालीकोट जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने,स्थानीय तह, सरकारी कार्यालय, गैह्सरकारी संघ संस्था, स्वास्थ्य सस्था तथा विद्यालयमा बाल संरक्षण नीति तथा गुनासो सुनुवाई संयन्त्रको निर्माण गरी प्रभावकारी कार्यान्वय गर्न गराउने र स्थानीय बाल अधिकार समितिको सक्रियतामा जोखिम तथा आपतकालीन अवस्थामा परेका बालबालिकाहरुको हितको लागि आपतकालीन बाल हित कोष व्यवस्थापन गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

नेकपा बहुमतकाे राष्ट्रिय जागरण अभियान कालिकाेटमा सुरु

२०७९ भाद्र ७, मंगलवार १६:१३
कालिकाेट । धर्मेन्द्र बास्ताेला ( कन्चन) नेतृत्वकाे नेकपा (बहुमत) पार्टीले जिल्ला सदरमुकाम रहेकाे मान्म खाँडाचक्र बजार सरसफाइ अभियान सञ्चालन गरेकाे छ । बहुमत पार्टी नेता कर्णाली ब्युराे सह इन्चार्ज बालराम सुनार अार्जन, जिल्ला इन्चार्ज रणाबहादुर बिक युगान्त,जिल्ला संयाेजक सितल बिष्टकाे नेतृत्वमा पार्टी नेता कार्यकर्ताहरुले बुधबार देखि सदरमुकाम बजारमा फाेहाेर उठाउनुका […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.