अव्यवस्थित बसाेवासीकाे लगत संकलन गर्दै भूमि आयाेग

खबरखाेज समाचारदाता   ।   २०७९ भाद्र १०, शुक्रबार ०९:५५

कालिकाेट । भूमिहिन,दलित,सुकुम्वासी,तथा अव्वस्थित बसाेवासीकाे लगत संकलन सम्बन्धि राष्ट्रिय भूमि आयाेग र स्थानीय तहका विचमा कार्य समझदारी पत्रमा हस्ताक्षर भएकाे छ ।

राष्ट्रिय भूमि अायाेग कालिकाेटकाे आयाेजनामा शुक्रबार जिल्ला सदरमुकाम मान्ममा आयाेजित अभिमुखिकरण कार्यक्रममा कालिकाेटका नाैवटै स्थानीय तह र आयाेगकाविच तीन बुँदे समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे ।
भूमि आयाेग कालिकाेटका अध्यक्ष चित्रसिंह गाउँलेकाे अधयक्षतामा तथा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीकाे प्रमुख आतिथ्यतामा सञ्चालित अभिमुकरण कार्यक्रममा एमाले,कांग्रेस,माओवादी केन्द्र लगएत राजनीति दलका प्रतिनिधि,नगरपालिका प्रमुख, उप प्रमुख,गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगाएत सराेकारवालकाे सहभागित रहेकाे अायाेगका विज्ञ सदस्य मिमबहादुर कार्कीले जानकारी गरउनु भएकाे छ ।
अव्यवस्थित बसाेवासीकाे लगत संकलन तीन बुँदे समझदारी पत्रमा आयाेगकाे कार्यमा १३ बुँदा,अायाेगकाे जिम्मेवारी सम्बन्धि चार बुँदा र दुवै पक्षले गर्नु पर्ने कार्य सम्बन्धि चार बुँदा रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय भूमि आयाेगका दातराम खनालले लागत संकलन प्रक्रिया र प्रथामिकतका बारेमा जानकारी गराउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाजपा नेता सुखवीरको गाेली हानी हत्या

२०७९ भाद्र १०, शुक्रबार ०९:५५
गुरुग्राम, भदौ १६ : बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन्। पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन्। उनी कपडा किन्न सो पसलमा गएका थिए। भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.