दार्चुलाकाे बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात

खबरखाेज समाचारदाता   ।   २०७९ भाद्र २९, बुधबार १९:३५

दार्चुला : यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ।

घटना भएको छ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेका छैनन् । बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

शुक्रबार रातिको अविरल वर्षाले जिल्लाको महाकाली नगरपालिका–३ मा रहेको दशरथ आधारभूत विद्यालयमा पूर्ण क्षति पुर्‍याएको थियो । लास्को खोलाको बाढीले डुङ्री विद्युत्को पावर हाउस, दुई झोलुङ्गे पुल र एक मोटरेबल पुल बगाएको थियो ।

बङ्गाबगरस्थित पार्किङमा राखेका जीप छ, कार एक, ट्र्याक्टर एक, जेसिबी एक गरी जम्मा नौ वटा सवारीसाधन हराएका थिए । त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको थियो भने नौ वटा घरमा आंशिक क्षति भएको छ ।

बङ्गाबगर र लास्को क्षेत्रका ४० घर अझै पनि उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए। नेपाली हेडलाइनमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला दलित अधिकार सम्वन्धि र्‍याली सम्पन्न

२०७९ भाद्र २९, बुधबार १९:३५
कालीकोट । संविधान दिवसको अवसर पारेर जिल्ला सदरमुकाम मान्ममा महिला मानव अधिकार, दलित अधिकार तथा युवा सहभागिता सम्वन्धि ¥याली सोमबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कालीकोटको आयोजनामा र युरोपीयन युनियनको सहयोग तथा प्लान ईन्टरनेश्नल नेपाल, दलित महिला संघ (फेडो) नेपाल कालीकोटको समन्वय,सहजिकरण तथा नागरिक कार्य समुह कालीकोटको साझेदारीमा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.