अछामको पहिरोमा परि १० बेपत्ता, ७ जनाको शव भेटियो

कालिकोटको नरहरिनाथ रुप्सामा चार बेपत्ता

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र ३, बुधबार १५:५०

कालिकोट /अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाको बाढीले बगाएका १७ जनाको विवरण प्राप्त भएको छ । मंगलबार राति आएको बाढीले रामारोशन गाउँपालिका–५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ७ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिए ‌।

उनका अनुसार गाउँपालिकाको टोलीले २ जनाको शव भेटेको र प्रहरीको उद्धार तथा खोज टोलीले ५ जनाको शव भेटेको छ । शवको पहिचान भइसकेको छैन । बाढीले नदी किनारमा रहेका १६ वटा घर बगाएको छ । क्षतिको पूर्ण विवरण अझै नआइसकेको प्रहरीले जानकारी दिएको छ। बाढीले सखाप पारेको सैन बजार बगर बनेको छ ।

कालिकोटको रुप्सामा चार बेपत्ता

कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका ५ मा पर्ने चाउथे गाउँमा पहिरो जादा चार जना बेपत्ता भएका छन । चाउथे गाउँमा माथि बाट पहिरो जादा १२ घर मध्य दुइ घर पुर्णरुपमा क्षेती ग्रस्त भएका छन । गाउँ माथिबाट आएको पहिरोले घर बगाउदा दर्जनौ पशु चौपाया समेत मरेको र ठुलो धनमालको क्षेति भएको नरहरीनाथ गाउँपालिका ५ का अध्यक्ष गगन फडेराले पुष्टी गरेका छन ।

गाउँमा माथिबाट पहिरो जादा चन्द्र सहकारी र तुल सहरकारीको घर भत्कीदा चार जना बेपत्ता भएको नरहरीनाथ गाउँपालिका ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता समेत रहनु भएका गगन फडेराले जानकारी दिनु भयो । बेपत्ता हुनेमा वर्ष ६० का चन्द्र सहरीकारी र बुहारी पम्फा सहकारी, तुल सहकारीकी श्रीमती झिमु सहरकारी र उनका सात वषर्का छोरा रमित सहकारी बेपत्ता भएका छन ।

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'तीजको व्रत महिला मात्र होइन, पुरुष पनि बस्नुपर्छ'–शास्त्र

२०७७ भाद्र ३, बुधबार १५:५०
काठमाडौं । शास्त्रीय रूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मत रहेको धर्मशास्त्रविद् एवं नेपाल […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.