महिला दलित अधिकार सम्वन्धि र्‍याली सम्पन्न

खवरखाेज समाचारदाता   ।   २०७९ आश्विन ४, मंगलवार १६:०७

कालीकोट । संविधान दिवसको अवसर पारेर जिल्ला सदरमुकाम मान्ममा महिला मानव अधिकार, दलित अधिकार तथा युवा सहभागिता सम्वन्धि ¥याली सोमबार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति कालीकोटको आयोजनामा र युरोपीयन युनियनको सहयोग तथा प्लान ईन्टरनेश्नल नेपाल, दलित महिला संघ (फेडो) नेपाल कालीकोटको समन्वय,सहजिकरण तथा नागरिक कार्य समुह कालीकोटको साझेदारीमा संचालित हाम्रो आवाज, हाम्रो रोजाई चेतनामुलक ¥याली सम्पन्न भएको हो ।
नेपालमा नागरिक सहभागीता , दलित अधिकार, महिला मानव अधिकार तथा संविधानको कार्यन्वयन जस्ता विषयहरुका नारा सहीत मान्म जिरो प्वाईन्ट देखि प्रतिमा चोक हुदै जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रमको समापन गरिएको थियो ।
कार्यक्रमा जिल्ला स्थीत राजनैतिक दलका प्रमुख, सरकारी कार्यलयहरुका प्रमुख तथा प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रमुख तथा नागरिक समाज,पत्रकार लगाएतको उपस्थिमा सञ्चालित ¥यालि पछि जिल्ला समन्वय समितिको हलमा आयोजित प्रवचन कार्याक्रममा का प्रमुखहरुको व्यापक उपस्थितिमा नेपालको वर्तमान संविधान ले मानव अधिकार को पुर्ण परिपालना , दलितहरुको मौलिक हक कार्यन्वयनको अवस्था, महिला मानव अधिकार तथा युवा सहभागिताको वारेमा कार्यक्रमका प्रमुख अथिति संविधान सभाका सदस्य तुलाराज विष्ट , प्रमुख जिल्ल अधिकारी रामहरी शर्मा लगाएत वक्ताहरुले भनाई राखेका थिए । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समन्व समितिका उप प्रमुख मिना रावत विकले नेपालमा महिला सम्वन्धि जति कानुनी व्यवस्थाहरु भएका छन त्यतिनै कार्यन्वयन नभएको वताएकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली जेसिसद्धारा कालिकोटका कैदिवन्दिललाई भलिवल हस्तान्त्रण

२०७९ आश्विन ४, मंगलवार १६:०७
कालिकोट । कर्णाली जेसिसले कालिकोट कारागारमा रहेका कैदिवन्दिलाई आज भलिवल,नेट र अन्य समाग्री हस्तान्त्रण गरेको छ । कर्णाली जेसिस २०२२ का अध्यक्ष धर्मराज शाही,पूर्व अध्यक्ष,राहन विष्ट, राजेन्द्र शाही,सविन विष्ट,पत्रकार कालीबहादुर मल्ल,विश्वनाथ सिम्खाडा लगाएतको टोलि जिल्ला कारागार कालिकोटमा पुगेर एक कार्यक्रमका विच खेलुकुदका सामाग्री हस्तान्त्रण गरेको हो । सहयोग हस्तान्त्तण कार्यक्रममा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.