नागरिक तथा लोकतान्त्रिक अधिकार, सामाजिक संघसंस्थाका प्रतिनिधि र अधिकारकर्मीका लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु

खवरखाेज समाचारदाता   ।   २०७९ कार्तिक १५, मंगलवार १२:३१

नागरिक तथा लोकतान्त्रिक अधिकार सम्वन्धि सामाजिक संघ सस्ंथाका प्रतिनिधिहरु तथा अधिकार कर्मीहरुका लागि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम नेपालगन्जमा सुरु भएको छ ।
नागरिक तथा लोकतान्त्रिक अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा अधिकारकर्मी वा अभियान्ताको योजनाबद्ध अभियान सञ्चालन गर्ने, वकालत, पैरवी गर्ने र आवश्यक सञ्जाल निर्माण गर्ने जस्ता क्षेत्रमा आवश्यक क्षमता अभिवृद्धि गर्नका लागि र नागरिक तथा लोकतान्त्रिक अधिकारको सहज अभ्यास गर्ने वातावरण निर्माणका लागि राज्यलाई दबाब दिन आवश्यक परिणाममुखी वकालत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस तालिमको आयोजना गरिएको हो । मानवअधिकारका क्षेत्र विशेषगरी महिला, युवा र दलित सवालका केन्द्रित सामाजिक संघसंस्था, अधिकारकर्मी र पत्रकारको नागरिक तथा लोकतान्त्रिक अधिकारका सवालमा क्षमता अभिवृद्धिका लागि प्रदान गरिने तालिममा मुख्य स्रोत पुस्तिकको रूपमा प्रयोग गर्ने रहेको छ ।
तालिममा कालीकोट, सुर्खेत, नेपालगंज तथा काठमाडौंका विभिन्न जिल्लाबाट २६ जना को सहभागिता रहेको छन । तालिमको सहजिकरण लेखक तथा अध्येता जे बि विश्वकर्माले गर्नु हुने तथा तालिम काक्तिक १९ गते सम्म चल्ने दलित महिला संघ (फेडो) नेपालका राष्ट्यि वकालत संयोजक सावि विश्वकर्माले बताउनुभएको छ ।
दलित महिला संघ (फेडो) नेपाल र प्लान ईन्टरनेश्नल नेपालको संयुक्त साझेदारी तथा युरोपीयन युनियनको आर्थिक सहयोगमा सञ्चालित हाम्रो आवाज हाम्रो रोजाइ परियोजना अन्तर्गत यो तालिमको आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव अधिकार रक्षक जिल्ला सञ्जालको वैठक सम्पन्न

२०७९ कार्तिक १५, मंगलवार १२:३१
कालिकोट कार्तिक १२/मानव अधिकार रक्षक जिल्ला सञ्जाल कालिकोटको वैठक कात्तिक १३ गते जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । इन्सेकद्धारा सञ्चालित महिला र दलित केन्द्रित मानव अधिकार रक्षकहरूको संरक्षण सवाल सम्वोधन परियोजना (अधिकार–२) अन्तरगत मानवअकिार सञ्जालको मासिक बैठक बसेको हो । सञ्जालका संयोजक डिल्लीप्रसाद चौलागाईँको अध्यक्षतमा भएको वैठकमा कात्तिक १२ […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.