तीन हजार घरकाे विमा बनाउदै रास्काेट नगरपालिका

खबरखाेज समाचारदाता   ।   २०७९ कार्तिक २३, बुधबार १७:१२

कालिकाेट । रास्काेट नगरपालिकाले पालिका भित्रका तीन हजार घरधुरिकाे बिमा वनाउने भएकाे छ ।
विपदकाे जाेखिममा रहेका घरधुरिहरुलाई मध्यनजर गर्दै बुधबार बसेकाे कार्यपालिका बैठकले नगरपालिका क्षेत्रमा रहेका घरहरु प्रति बर्ष पहिराे प्रभावित हुने भएकाले घरहरुकाे विमा गरि क्षेतिका जाेखिम हस्तान्तरण गर्न अावश्यक कार्य सुरु गर्ने निर्णय भएकाे नगर प्रमुख धर्मराज शाहीले खबरखाेजलाई जानकारी गराउनु भएकाे छ ।
जिल्लाभरी पहिराेकाे उच्च जाेखिमका अवस्था रहेकाे हुनाले रास्काेट जस्तै सवै स्थानीय तहले विमाकाे सुरुवात गर्नु पर्ने देखिन्छ ।कम्पनी ले न्युनतम ५० हजार देखि अधिकतम ५ लाख सम्म प्राविधिक मुल्यांकनकाे आधारमा दिने  कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिक संघ सस्थाहरुका लागि सुवण अवसर

२०७९ कार्तिक २३, बुधबार १७:१२

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.