गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत (भिडियो सहित)

निर्मला लोहार   ।   २०७९ माघ ९, सोमबार ११:००

काठमाडौँ । गायक एंव संगीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत ‘आयो है ल्होछार’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङ तामाङको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएका हुन ।

गायक एंव संगीतकार राजकुमार दोङ तामाङको शब्द र संगीतमा तयार भएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन, अर्पण थिङले मिक्सिङ गरेका हुन । रोनिश लामाले ड्रोन छायांकन गरेको उक्त गीतको म्युजिक भिडियोलाई बिनोद लामाले छायांकन राजेन्द्र मोक्तानले कलर र अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गरेका हुन ।

डोल्मो घिसिङ तामाङले निर्माण गरेको भिडियोमा अजय स्याङ्तान, रोहनी लामा, रस्मिला तामाङ,  बुद्धी तामाङको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछानेले प्रप्त गरे पुनः नेपाली नागरिकता

२०७९ माघ ९, सोमबार ११:००
,काठमाडौं  । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको बताए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.