स्थानीय तहमा संरक्षण संयन्त्र सम्वन्धि कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

खवरखाेज समाचारदाता   ।   २०७९ फाल्गुन २८, आईतवार १६:४५

स्थानीय तहहरुमा महिला बालबालीका तथा सिमान्तकृत समुदायको संरक्षणको लागि बनेका र बनाउन पर्ने संयन्त्रको बारेमा पालीका प्रमुख, उपप्रमुख तथा महिला तथा बालबालीका शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रमम संचालन भएको हो ।
स्थानीय तहमा संरक्षको अवधारणा संरक्षण सम्वन्धि नीतिगत प्रतिबद्धता तथा व्यावस्था , पालीका स्रतमा भएका नीतिगत, सरंचनागत र कार्यन्वयन पहलहरुको अवस्था वारे जानकारी जाने दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
युरोपियन युनियनको आर्थिक सहयोग, प्लान ईन्टरनेश्नल नेपाल र दलित महिला संघ (फेडो) नेपाल कालीकोट द्धारा संचालित हाम्रो आवाज हाम्रो रोजाइ परियोजना अन्र्तगत स्थानीय तहमा संरक्षण संयन्त्र सम्वन्धि कार्यशाला गोष्ठि कार्यक्रमले नेपालमा लोकतान्त्रिक नागरिक स्थान, मानव अधिकार, महिला मानव अधिकार तथा दलित अधिकार प्रर्वद्धनका लागि कालीकोट जिल्लाका खाँडाचक्र नगरपालीका , राष्कोट नगरपालीका, शान्नीत्रीवेणी गाउँपालीका र नरहरीनाथ गाउँपालीकामा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
यस कार्यक्रममा मनोसामाजिक परामर्श कार्यक्रम , दलित शसक्तिकरण कार्यविधि, मानव अधिकार रक्षक संरक्षण कार्यविधि, जोखिममा रहेका बालबालीकाहरुको लागि कोष स्थापना, लैङ्गिक समानता तथा समावेसिकरण नीति, दलित सहायता कक्ष स्थापना, बाल हित कोष तथा बालविवाह अन्त्य सम्वन्धि रणनीतिका खाँडाचक्र नगरपालीका काम गर्ने नगरप्रमुख कमल बहादुर शाहीले प्रतिबद्धता गरेका छन । कार्यक्रममा नरहरीनाथ गाउँपालीकाका अध्यक्ष नगेन्द्र विष्ट , शान्नी त्रीवेणी गाउँपालीकाका उयाध्यक्ष पार्वति सिंह संज्याल र राष्कोट नगरपालीकाका नगर प्रवत्ता धन बहादुर धामीले भनाई राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता दलित महिला संघ फेडो नेपाल कालीकोटका अध्यक्ष हजा सुनार , प्रमुख अथिति खाँडाचक्र नगरपालीका नगरप्रमुख कमल बहादुर शाही, विशेष अथिति फेडो नेपालका केन्द्रीय कार्यालय कोषाध्यक्ष रन्जु विश्वकर्मा र सहजिकरण हिमालयन ग्रोथ माईन्सका कार्यकारी निर्देशक गोविन्द्र न्यौपाने र सहजकर्ता विष्णु पोख्रेलले गर्नु भएको फेडो नेपाल कालीकोटका जिल्ला कार्यक्रम संयोजक रमेश नेपालीले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव अधिकार रक्षक कुटिएको विषयमा प्रशासनलाई ध्यानाकर्ष पत्र

२०७९ फाल्गुन २८, आईतवार १६:४५
कालिकोट वैशाख १४ । स्थानीय मानव अधिकार रक्षक कुटिएको विषयलाई लिएर जिल्ला स्थित मानव अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कालिकोटमा ध्यानाकर्षण पत्र बुझाएका छन् । तिलागुफा नगरपालिका–१० रानावाडाका ७० वर्षीय खाम्मा रानाले ०७९ चैत्र ६ गते एक १४ वर्षीया अपाङ्गगता भएकी बालिका बलात्कार घटनाको उजागर गरेको आरोपमा आरोपितका आफन्तबाट मानव अधिकार […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.