भारतकाे उत्तराखण्डमा पहिराेमा पुरिँदा कर्णालीका १० जना बेपत्ता

खबरखाेज समाचारदाता   ।   २०८० श्रावण १९, शुक्रबार १४:३९

कालिकाेट/भारतकाे उत्तरखाण्डमा पहिराेले हाेटल बगाउँदा कर्णालीका १० जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रूद्रप्रयागमा पहिराेले हाेटल बगाउँदा जुम्ला र हुम्ला जिल्लाका १० जना बेपत्ता रहेकाे भारती मिडिया जागरणले उल्लेख गरेकाे छ ।

बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छाेरा लालबहादुर कामी, सुखरा रावत र उनका छाेरा जाेरा रावत रहेकाे बताईएकाे छ । यस्तै, हुम्लाका घर भएका वीरबहादुरले गाैरीकुण्डमा हाेटल गर्दै आएका थिए ।

उनकाे हाेटलमा खाना खान गएकाे बेला पहिराले हाेटल बगाएको भारतीय मिडिया जागरणले जनाएको छ । पहपराेमा परेर हाेटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छाेरी निशा र छाेरा हरिबहादुर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थाइल्याण्डमा रेल दुर्घटना, ८ को मृत्यु

२०८० श्रावण १९, शुक्रबार १४:३९
बैंकक । थाइल्याण्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो ।यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा तीन महिला र पाँच पुरुष रहेका छन् । थाइल्याण्डको चाचाङसाओ प्रान्तमा शुक्रबार दिउँसो रेलवे […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.